२०७८ श्रावण १५, शुक्रबार | Fri, 30, Jul, 2021

केयूको बजेट २ अर्ब ३८ करोड ५४ लाख

  • २०७८ श्रावण १, शुक्रबार मा प्रकाशित १ हप्ता अघि
  • १५२ पाठक संख्या
  • काठमाडौ विश्वविद्यालय सभाको १० औं बैठकले आर्थिक वर्ष २०७८/0७९ को वार्षिक कार्यक्रम तथा २ अर्ब ३८ करोड ५४ लाख बजेट पारित गरेको छ ।

    विश्वविद्यालयका उपकुलपति डा. भोला थापाको अध्यक्षतामा गत असार २९ गते बसेको बैठकले विश्वविद्यालयको आ.ब. २०७७/०७८ को वार्षिक कार्य प्रगति विवरण स्वीकृत गर्ने, आ.ब. २०७८/०७९को बार्षिक कार्यक्रम तथा अनुमानित आय/व्यय बजेट पारित गर्ने निर्णय गरेको छ ।

    विश्वविद्यालयका कुलपतिका रूपमा प्रधानमन्त्रीले बैठकको अध्यक्षता गर्नुपर्ने तथा प्रधानमन्त्रीको अनुपस्थितिमा सहकुलपति शिक्षामन्त्रीबाट बैठकको अध्यक्षता गर्नुपर्ने भएपनि देशको राजनीतिक परिस्थितिका कारण कुलपतिको अनुमतिमा उपकुलपति डा. भोला थापाको अध्यक्षतामा बैठक बसेर बजेट पारित गरेको थियो । बैठकले विश्वविद्यालयको श्वेत(पत्र समेत जारी गरेको छ । दशबर्षे रणनीतिक योजना बनाएर दुरगामी महत्वका दस्तावेज बनाएर अगाडि बढाउने उदेश्यले श्वेतपत्र जारी गरेको विश्वविद्यालयका उपकुलपति डा. थापाले जानकारी दिए ।

    बैठकको निर्णय सार्वजनिकको लागि काठमाण्डौ विश्वविद्यालय हलमा आयोजना भएको पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार श्वेत(पत्र विश्वविद्यालयको इतिहासमा पहिलो पटक जारी भएको हो । विश्ववद्यालयले दिगो आर्थिक व्यवस्थापनका लागि स्थापना गरेको अक्षय कोषलाई ५० करोड रुपैया पुयाउने, विश्वविद्यालयलाई अनुसन्धानमुखी बनाएर नेपालका अन्य भूभागमा पनि विश्वविद्यालयको उपस्थिति देखाउने, नेपाल आयल निगमको सहकार्यमा ग्रीन हाइड्रोजन ल्यावको स्थापना गरी भविष्यमा हाइड्रोजन इन्धनको विकासमा मुख्य साझेदार बन्नेतर्फ काम भइरहेको जानकारी दिए ।

    विश्वविद्यालयका रजिष्ट्रार प्रा डा सुबोध शर्माले उपकलपति पदमा प्रा डा. भोला थापाको नियुक्ति भएको ५ महिनामा विभिन्न प्रोजेक्टसहित स्वदेश तथा विदेशका १५ वटा संस्थासंग सहकार्यका लागि सम्झौता गरिएको, आन्तरिक जनशक्तिलाई दक्ष र समर्थ गराउन शिक्षक तथा कर्मचारीलाई उपयुक्त स्थानमा पदस्थापन गरिएको, सबै प्रोफेसर र एसोसिएट प्रोफेसरलाई कम्तिमा एकजना रिसर्च फेलोका रूपमा पीएचडी, एमफिल मास्टर बाई रिसर्च तहमा भर्ना भएका अनसन्धानकर्ताहरू उपलब्ध गराई अनुसन्धानमा सहयोग गर्ने, धुलिखेल, चौकोट, हात्तिबन हातामा भौतिक निर्माण कार्य तत्काल शुरु हने, पाँचमाल र पनौती नगरपालिकाभित्र जग्गा प्राप्त गरी ती स्थानको उपयोगको योजना पनि भइरहेको जानकारी दिए ।

    पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिनाले काठमाण्डौ विश्वविद्यालयले विज्ञापनमा राष्ट्रिय मिडियालाई भन्दा पनि स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिनुपर्ने, नेपाल पत्रकार महासंघ र केयूको विचमा सहकार्य गरी पत्रकारीता पढ्न चाहने पत्रकार साथीहरुको लागि छात्रवृतिको व्यवस्था गर्नको लागि पहल गरिदिन तथा केयूमा पत्रकारहरुको लागि छुटटै एक जना मिडिया पर्शन तोक्नको लागि सुझाव दिएका थिए ।

    कार्यक्रममा विश्वविद्यालयका विभिन्न संकायका डिनहरु, प्राध्यापकहरु, जिल्लामा क्रियाशिल पत्रकारहरुको सभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस