२०७८ श्रावण १५, शुक्रबार | Fri, 30, Jul, 2021

नमोबुद्ध नगरपालिका वडा नं. ४ को कोरोना प्रभावित क्षेत्र शिल

  • २०७८ श्रावण १, शुक्रबार मा प्रकाशित १ हप्ता अघि
  • ११३ पाठक संख्या
  • नमोबुद्ध नगरपालिकाले बस्तीको अवस्थाबारे बुझेर, स्थानीयबासीसँगको समन्वयसँगै नमोबुद्ध नगरपालिकाले वडा नं. ४ को प्रभावित क्षेत्र शिल गर्ने निर्णय गरेको छ ।

    आज राती १२ बजेदेखि लागु हुने गरी साउन ७ गते राती १२ बजेसम्मका लागि प्रधावित क्षेत्र शिल गरिएको प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले बताए । नगरपालिकाले वडा नं। ४ को जोरसल्ला, फुस्रे डाँडा, लालदेवी बस्ती, श्रीराम वस्ती, सुर्य वस्ती, सार्की टोल, कामी टोल र चिसापानी वस्ती पूर्णरुपमा शिल गरेको हो । शिलको अवधीमा औषधीपसल र स्वास्थ्य संस्थाबाहेक खाद्यान्न पसल, दूध र दुग्दजन्य पदार्थ बिक्री गर्ने पसल, मासु जन्य पसल, फलफुलजन्य पसल लगायत सबै पसलहरु वन्द गर्ने निर्णय गरिएको छ ।

    यस्तै, बैंक तथा सहकारी लगायतका वित्तीय संस्था र अन्य कार्यालयहरु पनि वन्द रहनेछन् भने अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा पनि रोक लगाइएको छ ।

    नगर प्रमुख टिपी शर्मा तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडा नं. ४ का वडा अध्यक्ष उद्धवप्रसाद काफ्ले तथा नगरपालिकाका स्वास्थ्यकर्मीसहितको टोली पुगेर नमोबुद्ध नगरपालिका वडा नं. ४ को शिल एरियामा एन्टिजेन विधिबाट कोभिड १९ को परिक्षण, औषधीसहित स्वास्थ्य सामग्री वितरण तथा सचेतना कार्यक्रम गरिएको छ ।

    औषधी बोकेर कोरोना संक्रमितको घर–घरमा नमोबुद्धका मेयर

    नमोबुद्ध नगरपालिकाका नगर प्रमुख टिपी शर्मा तिमल्सिना औषधीसहितका स्वास्थ्य सामग्री बोकेर कोरोना संक्रमित नागरिकको घरघरमा पुग्न थालेका छन् ।नगरका केही स्थानमा समुदायस्तरमै कोरोना भाइरस संक्रमण फैलिएपनि नगर प्रमुख तिमल्सिना औषधी र स्वास्थ्यकर्मीको टोली लिएर नागरिकको घरघरमा पुग्न थालेका हुन् । सोही क्रममा शुक्रबार नगर प्रमुख तिमल्सिना नमोबुद्ध ४ जोरसल्लाको वस्तीमा पुगे । उक्त बस्तीका धेरै मानिसमा लक्षणसहित कोरोना भाइरसको संक्रमण फैलिएको पाइएपछि नगर प्रमुखको नेतृत्वमा नगरपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीको टोली पुगेको हो ।

    उक्त टोलीले नमुनाको रुपमा बस्तीका २४ जनाको एन्टिजेन विधिबाट कोभिड–१९ को परिक्षण गरेको थियो । जसमध्ये ९ जनामा कोभिड–१९ पोजेटिभ देखिएको छ । नगर प्रमुख तिमल्सिनाले पोजेटिभ देखिएकाहरुको घरमै पुगेर अत्यावश्यक औषधी, मास्क तथा सेनिटाइजर वितरण गरेका छन् । टोलीमा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडा नं. ४ का अध्यक्ष उद्धवप्रसाद काफ्ले लगायत सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस