२०७८ श्रावण १५, शुक्रबार | Fri, 30, Jul, 2021

आफ्नै संघर्षमा कृषि फार्म, अनुदानको त कुरै छाडौं गाउँको भएर बैंकले सम्म ऋण पत्याएन

  • २०७८ अषाढ ३१, बिहिबार मा प्रकाशित २ हप्ता अघि
  • ४३० पाठक संख्या
  • नमोबुद्ध नगरपालिका वडा नम्वर ८ पिपलटारका ३२ बर्षिय दिपेशचन्द्र तामाङले एलिस्का कृषि फार्म सञ्चालन गरी व्यवसाय शुरु गरेका छन् ।

    सामान्य किराना पसल हुँदै धान कुट्ने मिल शुरु गरी ब्यवसायको प्रारम्भ गरेका दिपेशचन्द्रले मिलसँग बाख्रापालन ब्यवसाय शुरु गरे । अहिले सँग ५० वटा बाख्रा छन् । केहि दिनमानै त्यसलाई थपेर ९० वटा पुर्याउने लक्ष छ । करिब २० लाख लगानीमा बाख्रापालन शुरु गरेका तामाङले भैसी र गाई पनि पालेका छन् । उनको फार्ममा ८ वटा भैसी र २ वटा गाई छन् । भैसी सबै डेढ लाख जाने छन भने गाई ७० देखि ८५ हजार सम्मका छन् । उनी यतिमा मात्र सिमित छैनन् । उनले ४० रोपनीमा तरकारी खेति गरेका छन् । उनले  ५० वटा टनेल बनाएका छन् ।

    अहिले उनको फार्ममा गोलभेँडा लगाइएको छ । यस अघि दुई सिजन गोलभेडा विक्री गरेका दिपेशचन्द्रलाई गुणस्तरीय सामान उत्पादन गर्दा मुल्य नपाईला भन्ने डरनभएको जानकारी दिए । उनले उत्पादन गरेको दुध र तरकारी दाप्चा, भकुण्डे, बनेपा, कालीमाटी, जडीबुटी, बानेश्वर सम्म लगेर बेच्ने गर्छन । उनले मासिक २ लाख रुपैया सम्म आम्दानी गर्छन् । आम्दानी गरेको रकम कर्मचारीहरुलाई तलब, ऋणको व्याज र केही आफ्नो खर्च गर्दैमा सकिने उनको भनाई छ । बैंकबाट सहुलियत खलका कर्जा लिन पाए केहि रकम जोगिने उनको भनाई छ ।

    झण्डै १ करोड लगानीमा सञ्चालन गरेका दिपेशले कतैबाट पनि अनुदान पाएका छैनन् । अझ अनुदानको त कुरै छाडौं, बैंकहरुले सहुलियतमा दिने ऋण पनि गाउँको जग्गा नलिएर बैंकले बनेपा धुलिखेलमा जग्गा खोजेपछि केहि निरास भएका छन् । “ऋण लिन बैंक गए, गाउँको जग्गा राखेर ऋण नदिने भने, बनेपा धुलिखेलमा आफ्नो जग्गा छैन, निराश हुँदै तामाङले भने, चर्को व्याजमा स्थानीय व्यक्ती तथा सहकारीबाट ऋण लिएर फार्म चलाईरहेको छु ।”

    १० जनालाई रोजगारी दिएका तामाङले आफु जस्तो युवा कृषकलाई सहुलियत ऋण र स्थानीय तथा संघ सरकारले विशेष खालका अनुदान उपलब्ध गराउनुपर्ने माग राख्छन् । “अनुदान लिनका लागि मात्रै खेति शुरु गरेको हैन, नमुना फार्म निर्माण गरी थोरै रकम कमाउन विदेशिनु पर्ने युवाहरुका लागि स्वदेशमै केहि गर्न सकिन्छ भन्ने सन्देश दिन सबै प्रकारका ब्यवसाय शुरु गरेको हुँ”– दिपेशचन्द्रले भने । विभिन्न तहका सरकारले पनि जस्ले स्वदेशमानै बसेर काम गरिरहेका छन् त्यस्तालाई अनुदानको व्यवस्था गरी युवाहरुको शशक्तिकरण, सिप विकासमा सहजिकरण र राज्यले उपलब्ध गराउने सहुलियत अनुदान सहि स्थानमा खर्च गरेर भएपनि विदेशिएका युवाहरुलाईं स्वदेशमानै राजगारी बनाउन सके देश विकास हुने उनको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस