२०७८ श्रावण १५, शुक्रबार | Fri, 30, Jul, 2021

उद्यमशिलता मार्फत उद्यमी सृर्जना गर्दै पाँचखाल नगरपालिका, यो बर्ष ८२ जना नयाँ उद्यमी

  • २०७८ अषाढ २९, मंगलबार मा प्रकाशित २ हप्ता अघि
  • ३२६ पाठक संख्या
  • पाँचखाल नगरपालिकाले बिपन्न बर्गका सामुदायलाई उद्यमशिलताको माध्यमबाट गरिबी न्युनिकरण गर्ने उदेश्यले स्थानीय स्रोत साधान र बजार मागलाई मध्यनजर गरि उद्यम व्यवसाय सृजना गर्ने कार्य गर्दै आएको छ ।

    गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम (मेड्पा) नेपाल सरकार उद्योग, बाण्ज्यि तथा आपुर्ति मन्त्रालयको सर्शत अनुदानमा पाँचखाल नगरपालिकाले गरिब, बिपन्न, आर्थिक र सामाजिक रुपमा पछाडी पारिएका बैदेशिक रोजगारी बाट फर्किएका, स्वदेशमानै रोजगारी गुमाएका बिपन्न बर्गका सामुदायलाई उद्यमशिलताको माध्यमबाट गरिबी न्युनिकरण गर्ने उदेश्यले स्थानीय स्रोत साधान र बजार मागलाई मध्यनजर गरि उद्यम व्यवसाय सृजना गर्ने कार्य गर्दै आईरहेको हो । स्रोत सम्भाव्यता अध्ययन, सहभागिता मुलक ग्रामिण लेखाजोखाको माध्यमबाट घरधुरी सर्बेक्षण गर्ने र त्यसबाट छनौट भएका सम्भाव्य उद्यमीहरुलाई उद्यमशिलता बिकास र सीप बिकास तालिम प्रदान गर्ने, उपयुक्त प्रबिधि हस्तान्तरण र बजारीकरणमा सहयोग गर्ने कार्य गर्दै आएको छ ।

    आ.व. २०७७/०७८ मा पाँचखाल नगरपालिकाको आर्थिक तथा प्राबिधिक सहयोगमा नगरको वडा नं १, ७, ८ र ११ मा कार्यक्रम संचालन भएको थियो । कार्यक्रममा लक्षितवर्ग भित्र पर्ने आर्र्थिक अवस्था कमजोर भएका विपन्न वर्गका बेरोजगार पुरुष एवं महिलाहरुको सक्रिय सहभागिता रहेको थियो ।

    स्थानिय स्रोत साधानमा आधारित बजार माग र सहभागिहरुको इच्छा चाहानालाई मध्यनजर गर्दै डल, कुशन, कृष्टलको गहना, लेडिज चप्पल, बाख्रापालन, बंगुर पालन, कुखुरा पालन, दुद्यजन्य पदार्थ उत्पादन, मोटरबााईक वर्कशप, सिलाई, बाँसको हस्तकला गरी १० किसिमको सीपबिकास तालिम संचालन गरी यस आर्थिक बर्षमा ८२ जना नयाँ उद्यमी सृर्जना गरिएको पाँचखाल नगरपालिका उपप्रमुख लक्ष्मी दनुवारले जानकारी दिईन । उपप्रमुख दनुवारका अनुसार नगरमा भैरहेका उद्यमीहरुको आवश्यकता बिश्लेषण गरी ४० जनाको स्तर उन्नती समेत गरिएको छ ।

    आगामी आर्थिक बर्षमा पनि कार्यक्रमलाई निरन्तर्ता दिनको २९ लाख रुपैया बिनियोजन भएको छ । उक्त कार्यक्रमबाट आगामी आ.ब मा पनि स्थानीय स्रोत साधान र बजार मागलाई मध्यनजर गरी ८० जना नयाँ उद्यमी सृर्जना गर्ने र ४० जना भैरहेका उद्यमीहरुको स्तर उन्नती गर्ने लक्ष्य रहेको उद्यम विकास सहजकर्ता भवानी न्यौपानेले जानकारी दिईन ।

    प्रतिक्रिया दिनुहोस