२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

एमाले निकट भातृ संगठन युवा संघ र अनेरास्ववियुले प्रधानन्यायाधिशको पुत्ला जलाए

  • २०७८ अषाढ २८, सोमबार मा प्रकाशित २ साल अघि
  • १८४७ पाठक संख्या
  • सतारुढ नेकपा एमाले निकट भातृ संगठनहरु युवा संघ नेपाल र विद्यार्थी संगठन अनेरास्ववियुले काभ्रेको बनेपामा प्रधानन्यायाधिश लगायतका न्यायाधिशहरुको पुत्ला जलाएका छन् ।

    मसाल सहित प्रर्दशन गरेका युवा तथा विद्यार्थीहरुले बनेपाको गोदामचोक हुँदै चारदोवाटोमा आएर प्रधानन्यायाधिश चोलेन्द्रशमशेर राणा लगायत फैसलामा सहभागी न्यायाधिशहरुको पुत्ला जलाएको हो । मसाल जुलसमा युवा संघका केन्द्रिय नेताहरु, विद्यार्थीका केन्द्रिय नेताहरु, युवा जिल्ला अध्यक्ष विक्रम चौलागाई, विद्यार्थी अध्यक्ष गोविन्द उप्रेति लगायतले सर्वोच्च अदालतको फैसलाले मुलुक निर्दलियता तर्फ उन्मुख भएको बताए ।

    युवा र विद्यार्थीको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेर तितरवितर बनाएको थियो ।

    प्रतिक्रिया दिनुहोस