२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

रोशी ११ का कृषकलाई कृषियन्त्र

  • २०७८ अषाढ २८, सोमबार मा प्रकाशित २ साल अघि
  • ५२५ पाठक संख्या
  • रोशी गाउँपालिका वडा नम्बर ११ का किसानहरुलाई कृषि यन्त्र उपकरण वितरण गरिएको छ ।

    वडाका कृषकहरुलाई १२ थान हाते ट्याक्टर , २३ थान औषधी छर्ने स्प्रे, ७ थान मकै छोडाउने मेसिन हस्तान्तरण भएको हो । कृषकहरुलाई वडा अध्यक्ष मिलन लामाले कृषि यन्त्र हस्तान्तरण गरे ।

    आर्थिक वर्ष २०७७/०७८ को कार्यक्रम अनुसार गाउँपालिकाको ५० प्रतिशत अनुदानमा कृषकहरुलाई यन्त्र उपकरण वितरण गरिएको वडा अध्यक्ष मिलन लामाले जानकारी दिए । लामाले रोशीको दृष्टि, पर्यटन र कृषि भन्ने नारा सार्थक बनाउन यस कार्यक्रम गरिएको बताए । वडाले वितरण गरेको सामाग्रीले रोशीको कृषि क्षेत्रमा योगदान पुग्ने बताउदै उनले यस्तो कार्यले किसानहरुमा थप उर्जा प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

    रोशी गाउँकार्यपलिकाले बिपि राजमार्गको दायाँ बायाँ वडा नं ७, ९, ११ को फाँटलाई मकै पकेट क्षेत्र रुपमा प्रस्तावित गरेको छ । जस अन्तर्गत ६ सय रोपनी खेतमा कटुन्जे , चारसय, मंगलटार, बगुवा फाँट डालाबेसी, पिप्ले र माम्ति फाँट हुन् ।

    प्रतिक्रिया दिनुहोस