२०७८ श्रावण १५, शुक्रबार | Fri, 30, Jul, 2021

५३ वर्षपछि युरोकपको उपाधि इटलीले जित्यो

  • २०७८ अषाढ २८, सोमबार मा प्रकाशित २ हप्ता अघि
  • ७८ पाठक संख्या
  • इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटलीले ५३ बर्षपछि युरोकप २०२० को उपाधि जितेको छ । सोमबार बिहान भएको फाइनलमा इटलीले इंग्ल्याण्डलाई उसैको मैदानमा पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गरेको हो ।

    सुटआउटमा इटलीका गोलकिपर जियानलुजी डोनारुम्बा नायक बन्दै दुई प्रहार बचाए । इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले पनि दुई पेनाल्टी बचाएका थिए ।

    ५३ वर्षपछि पहिलो पटक युरोकप जितेको इटलीले १५ वर्षपछि ठूलो प्रतियोगिताको उपाधि जितेको हो । सन २००६ मा इटलीले विश्वकप उपाधि जितेको थियो । सन् १९६८ मा युरोकप जितेको इटलीले २००० र २०१२ मा पनि युरो फाइनल खेलेको थियो । तर उपविजेतामै सीमित भएको थियो ।

    प्रतिक्रिया दिनुहोस