२०७८ श्रावण १५, शुक्रबार | Fri, 30, Jul, 2021

ब्राजिल र अर्जेन्टिना कोपा अमेरिकाको फाईनल भिड्ने

  • २०७८ अषाढ २३, बुधबार मा प्रकाशित ३ हप्ता अघि
  • २९७ पाठक संख्या
  • साविक विजेता ब्राजिल घरेलु मैदानमा भइरहेको ४७ औं संस्करणको कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

    मंगलबार बिहान भएको पहिलो सेमिफाइनलमा पेरुलाई १–० ले पराजित गरेको थियो ।

    निल्टन सान्तोस मैदानमा भएको खेलमा ब्राजिलका लागि लुकास पाक्वेटाले पहिलो हाफमा गोल गरे ।

    त्यस्तै अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३–२ गोलले हराउँदै कोपा अमेरिका फुटबलको फाइनलमा पुगेको छ ।

    यसअघि निर्धारित ९० मिनेटको खेल एक–एक गोलको बराबरीमा सकिएको थियो । अतिरिक्त समयमा समेत गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा अर्जेन्टिनाले तीन गोल गर्दा कोलम्बियाले दुई गोल मात्रै गर्न सक्यो ।

    प्रतिक्रिया दिनुहोस