२०७८ श्रावण १५, शुक्रबार | Fri, 30, Jul, 2021

इंग्ल्याण्ड २५ वर्ष तथा डेनमार्क २९ वर्षपछि युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा

  • २०७८ अषाढ २०, आईतबार मा प्रकाशित ३ हप्ता अघि
  • २७१ पाठक संख्या
  • युक्रेनलाई हराउँदै इंग्ल्याण्ड २५ बर्षपछि युरो २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ ।

    त्यस्तै डेनमार्क चेक रिपब्लिकलई हराउँदै २९ वर्षपछि युरोको सेमिफाइनलमा पुगेको छ । इंग्ल्याण्डले युक्रेनलाई ४० गोलअन्तरले पराजित गरेको थियो भने चेक रिपब्लिकलाई २१ ले हराएर डेनमार्क २९ वर्षपछि युरोको सेमिफाइनलमा पुगेको थियो ।

    ग्यारेथ साउथगेट प्रशिक्षित इंग्ल्याण्डले प्रिक्वाटरफाइनलमा जर्मनीलाई पराजित गरेको थियो । प्रतियोगिताको एकपछि अर्को खेलमा इंग्लिस टोली सन्तुलित र प्रभावशाली बन्दै आएको छ ।

    शनिबार राति अजरबैजानको बाकुमा भएको खेलमा सहज जित निकाल्दै डेनमार्क १९९२ पछि पहिलो पटक युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको हो ।

    फाइनल प्रवेशका लागि डेनमार्क र इंग्ल्याण्डले घरेलु मैदान वेम्बलीमा सेमिफाइनल खेल्ने तय भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस