२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

ब्राजिल र पेरु कोपा अमेरिकाको सेमिफाइनलमा

  • २०७८ अषाढ १९, शनिबार मा प्रकाशित २ साल अघि
  • ११९२ पाठक संख्या
  • आयोजक ब्राजिल र पेरु कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

    शनिबार विहान सम्पन्न खेलमा १० खेलाडीमा सीमित ब्राजिलले चिलीलाई १–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।

    खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफ सुरू भए लगत्तै ब्राजिलले खेलमा अग्रता लियो। ब्राजिलका लागि ४६ मिनेटमा लुकास पाक्युटाले गोल गरे। उनी गोल गर्नुअघि रोबर्टो फिर्मिनोको स्थानमा मैदान छिरेको थियो।

    त्यस्तै पराग्वेलाई सडन डेथमा हराउँदै पेरूले कोपा अमेरिकाको सेमिफाइनल यात्रा तय गर्यो ।

    निर्धारित ९० मिनेट र अतिरिक्त समय ३–३ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटमा पुगेको थियो।

    पेनाल्टी सुटआउटमा पेरूका जियानलुका लापडुला, भिक्टोर योटुन र रेनाटो टापियाले गोल गर्दा स्याटियागो ओर्मिनो र क्रिस्टियन क्युभा भने चुकेका थिए।

    पराग्वेका लागि एन्जल रोमोरो, जुनियर अलोन्सो र रोबर्ट पेरिसले गोल गर्दा ब्रयान सामुडियो र हेक्टर मार्टिनेजले भने गोल गर्न सकेनन् ।

    पेनाल्टी सुट आउट पनि समान ३३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय सडन डेथबाट लिइएको थियो ।

    सडन डेथमा पेरूका मिगुइल ट्राउकाले गोल गर्दा पराग्वेका एल्बर्टो स्पिनोलाले गोल गर्न नसक्दा टोली क्वार्टरफाइनलबाटै घर फर्कनुपर्‍यो।

    प्रतिक्रिया दिनुहोस