२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

अष्ट्रियालाई अतिरिक्त समयमा हराउँदै इटली क्वाटरफाइनलमा

  • २०७८ अषाढ १३, आईतबार मा प्रकाशित २ साल अघि
  • ६२२ पाठक संख्या
  • वैकल्पिक खेलाडीको गोल मद्दतमा अष्ट्रियालाई पराजित गर्दै इटली युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको दोस्रो प्रिक्वाटरफाइनलमा इटलीले अष्ट्रियालाई २-१ ले पराजित गरेको हो ।

    लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलमा इटलीका लागि फेडेरिको चिएसा र माटेओ पेसिनाले गोल गरे । अष्ट्रियाका लागि सासा कलाइसिचले एक गोल फर्काए । इटलीले अब क्वाटरफाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्नेछ ।

    प्रतिक्रिया दिनुहोस