२०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024

अर्जेन्टिनाले उरुग्वेलाई १-० ले हरायो

  • २०७८ अषाढ ५, शनिबार मा प्रकाशित २ साल अघि
  • ८०८ पाठक संख्या
  • कोपा अमेरिकामा शनिबार अर्जेन्टिनाले उरुग्वेलाई १–० ले हराएको छ । गुइडो रोडरिग्वेजको एक मात्र गोलको मद्दत ले अर्जेन्टिनाले समूह ‘ए’ को आफ्नो प्रमुख प्रतिद्वन्द्वीलाई हराउन सफल भएको हो ।

    लियोनल मेसीले सिर्जना गरेको अवसरमा रोडरिग्वेजले १३ औं मिनेटमा गोल गरे । एक खेलमा जित र एकमा बराबरीमा रहेको अर्जेन्टिना चार अंकसहित शीर्ष स्थानमा रहेको छ । यसअघि पहिलो खेलमा चिली र अर्जेन्टिनाले १-१ को बराबरी खेलेका थिए ।

    प्रतिक्रिया दिनुहोस