२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

काठका मुढा सहित मेलम्चीमा पुनः बाढी, नदीकिनारका नागरिकलाई सुरक्षित स्थानमा जान अनुरोध

  • २०७८ अषाढ ४, शुक्रबार मा प्रकाशित २ साल अघि
  • २२०५ पाठक संख्या
  • हेलम्बुबाट आएको मेलम्ची खोलामा असार १ गतेको भन्दा पनि ठुलो बाढी आएको छ ।

    पत्रकार दिपिन ढुंगानाका अनुसार खोलाले ठुला ठुला काठका मुढा समेत बगाएर ल्याएको छ । मुढा सहितको बाढी मेलम्ची आईपुगेको ढुंगानाले जानकारी दिए । हेलम्बुहुँदै आएको बाढिलेः चनौटे बजारमा समेत थप क्षति पुर्याएको छ । बाढीबारे थप बिबरण आउन बाँकी रहेको छ ।

    प्रशासनले हेलम्बु भन्दा तलका नदि किनारमा हुनुभएकाहरुलाई सुरक्षित स्थानमा जान अनुरोध गरेको छ ।

    जिल्ला प्रशासन कार्यालय काभ्रेले समेत इन्द्रवती नदी र सुनकोशी नदी किनारामा रहेका नागरिकहरुलाई सुरक्षित स्थानमा जानको लागि अनुरोध गरेको छ । असार १ गते आएको बाढीले काभ्रेका दोलालघाट लगायत क्षेत्रलाई डुवानमा पारेको थियो ।

    प्रतिक्रिया दिनुहोस