२०७८ श्रावण १५, शुक्रबार | Fri, 30, Jul, 2021

बर्गरका श्रमिकहरुलाई यथाशिघ्र कोभिड खोप लगाउन स्वास्थ्यमन्त्रीसँग माग

  • २०७८ जेष्ठ ३१, सोमबार मा प्रकाशित १ महिना अघि
  • ४०४ पाठक संख्या
  • द बर्गर हाउस एण्ड कन्ची फ्राइड चिकेनले श्रमजीबी श्रमिकहरुलाई यथाशिघ्र प्राथिमिकता साथ कोभिड खोप लगाउन माग गर्दै स्वास्थ्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

    द बर्गर हाउस एण्ड कन्ची फ्राइड चिकेनका संस्थापक बसन्त लामाको नेतृत्वमा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई ग्रहासी र मिरि हाउस एण्ड कन्ची फ्राइड चिकेन समूहका श्रमजीबी श्रमिकहरुलाई यथाशिघ्र प्राथिमिकता साथ कोभिड खोपलगाउन माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

    विश्वभर महामारीको रुपमा फैलिरहेको र नेपालमा पनि यस महामारीको असर बढ्दो क्रममा रहेको र यस्मा पनि रेन्टुरेन्ट व्यवसाय तथा यस व्यवसायमा आबद्ध श्रमजिबी श्रमिकहरु बिशेष मारमा परेको र जिवनयापन गर्न असहज बातावरण सिर्जना भएको स्थिति रहेको जानकारी गराउदै उनीहरुको हक हितको लागि सम्पूर्ण श्रमजीबी श्रमिकहरुलाई यथाशिघ्र प्राथिमिकता साथ कोभिड खोप लगाउन माग गर्दै ज्ञापनपत्र बुझाएको द बर्गर हाउस एण्ड कन्ची फ्राइड चिकेन बनेपा शाखाका सञ्चालक कृष्ण लामाले जानकारी दिए ।

    स्वदेशमै बसी देशको सेवामा समर्पित स्वदेशी फ्रेन्चाईसमा आधारित रेन्टुरेन्ट व्यवसाय एक सय भन्दा बढी युवाहरुको साझेदारीमा नेपालभरी ९० भन्दा बढी शाखाहरु रहेको र १५ सय भन्दा बढी श्रमिकहरुलाई रोजगारी दिँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस