२०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024

काँग्रेस नेता गणेश लामा रिहा

  • २०७८ जेष्ठ २८, शुक्रबार मा प्रकाशित २ साल अघि
  • १४६८ पाठक संख्या
  • बिहीबार दिउँसो पक्राउ परेका नेपाली काँग्रेसका नेता एवं प्रदेश सभा सदस्य उम्मेदवार गणेश लामालाई रिहा गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले आदेश दिएको छ ।

    कास्कीमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले नेता लामासहित तीन जनालाई  रिहाई गर्न आदेश दिएका हुन् ।

    प्रजिअ गौतमको आदेशसँगै लामासहित पक्राउ परेका नेताहरू चन्द्र लामा र रमेश खड्का पनि सँगै रिहा भएका छन् ।

    लामाको रिहाइको माग गर्दै नेपाली काँग्रेस काभ्रे र भातृ संगठन नेपाल विद्यार्थी संघले काभ्रेमा बिरोध प्रदर्शन गरेका थिए । लामाको रिहाईको माग गर्दै काँग्रेस कार्यकर्ताहरुले बनेपा र कुन्तामा प्रदर्शन गरेका थिए ।

    नेपाली काँग्रेसको केन्द्रीय नेतृत्वले मनाङ्गे लाई मिलाउन काँग्रेसका नेता समेत रहेका लामालाई पोखरा पठाएका थिए । नेता लामालेनै दिपक मनाङ्गेसँग गोप्य भेटवार्ता गरेपछी पासा पल्टीएको स्रोतको दाबी छ । मनाङ्गेलाई पक्षमा ल्याउने वित्तिकै काँग्रेसका नेता प्रदेश सभा सदस्य कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने पक्का छ।
    काँग्रेस नेता लामाकै पहलमा मनाङ्गेले बुधबार साँझबाट विपक्षीलाई साथ दिने घोषणा गर्दै सम्पर्कबिहीन भएका थिए । मनाङ्गे बिहीबार विश्वासको प्रस्तावमा मतदान गर्न अनुपस्थिथत रहेका थिए ।

    प्रतिक्रिया दिनुहोस