२०७८ श्रावण १५, शुक्रबार | Fri, 30, Jul, 2021

काँग्रेस नेता लामाको रिहाइको माग गर्दै बनेपा र कुन्तामा प्रदर्शन

  • २०७८ जेष्ठ २८, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • ११२५ पाठक संख्या
  • नेपाली कांग्रेस काभ्रेका नेता तथा प्रदेश सभा सदस्य उम्मेदवार गणेश लामाको रिहाइको माग गर्दै नेपाली काँग्रेस काभ्रे र भातृ संगठन नेपाल बिद्यार्थि संघ तथा तरुण दलले काभ्रेमा बिरोध प्रदर्शन गरेको छ ।
    लामालाई पोखराबाट प्रतिशोध पूर्वक पक्राउ गरेको भन्दै बिरोध प्रदर्शन गरेको नेबि संघका सभापति नृपेश बादेले जानकारी दिए । काभ्रेको चार दोबाटोमा जम्मा भएर  काँग्रेस कार्यकर्ताहरुले नाराबाजी सहित प्रदर्शन गरेका थिए ।
    नेपाली काँग्रेसका कार्यकर्ताहरुले नगरिक सर्बोच्चता कायम गर्न माग गर्दै गरिएको प्रदर्शन २० मिनेट चलेको थियो । २० मिनेटपछि इलाका प्रहरी कार्यालबाट खटिएका प्रहरीले बल प्रयोग गरि तितरबितर पारेको थियो ।

    त्यस्तै नेपाली कांग्रेसले मण्डनदेउपुर नगरपालिकाको कुन्तामा प्रदर्शन गरेको छ । लामाको रिहाइको माग गर्दै कुन्ता चोकमा प्ले कार्ड सहित प्रदर्शन गरेको स्थानीय राजन पौडेलले जानकारी दिए ।

     

    प्रतिक्रिया दिनुहोस