२०७८ जेष्ठ २९, शनिबार | Sat, 12, Jun, 2021

काभ्रे युवा समाजले गर्यो खाद्यान्न वितरण

  • २०७८ जेष्ठ २६, बुधबार मा प्रकाशित २ दिन अघि
  • ६६ पाठक संख्या
  • काभ्रे युवा समाजले पाँचखाल नगरपालिकाका ५ र ६ तथा धुलिखेल नगरपालिकाको १ वडामा खाद्यान्न वितरण गरेको छ ।

    कोभिड–१९ (कोरोना) को महामारीका बेला हात मुख जोर्न समस्यामा परेका पाँचखाल नगरपालिकाका ५ र ६ तथा धुलिखेल नगरपालिकाको १ नम्बर वडाका स्थानीयलाई खाद्यान्न वितरण गरिएको काभ्रे युवा समाजका संयोजक सुनिलराज गिरीले जानकारी दिए । उनले ‘आफू बाँचौ र अरूलाई बचार्आैं’ भन्ने उदेश्यले समाजले राहत स्वरूप चामल, नुन ,तेल, दाल, माक्स, साबुन लगायतका सामाग्री वितरण गरेको बताए । हाल सम्म एक सय ५० घरधुरीलाई हस्तान्तरण भईसकेको छ ।

     

    राहत बितरण कार्यक्रममा पाँचखाल नगरप्रमुख महेश खरेल नमोबुद्ध नगरप्रमुख टिपी शर्मा तिमल्सिना, रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामा, पाँचखाल नपा वडा नं ५ का अध्यक्ष बालकृष्ण सपकोटालगायतको विशेष पहल तथा काभ्रे युवा समाजका सरोज तमाङको पहलमा नेपाल कुबेत सरोकार समाजका अध्यक्ष राम लामाबाट २५ हजार, सुर्य राजवंशीबाट ३० हजार, कृष्ण केसीबाट १० हजार, हर्ष क्षेष्ठबाट ५ हजार, राजन घिमिरेबाट ५ हजार, रुसन श्रेष्ठबाट ३ हजार सहयोग प्राप्त भएको संयोजक गिरीले जानकारी दिए ।

    काभ्रे युवा समाजका छिरिङ लामा, बसन्त मगर, आकाश ऋेष्ठ, अजय लामा, रबिन परियारले भोलिका दिनहरुमा पनि राहत बितरण कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस