२०७८ जेष्ठ २९, शनिबार | Sat, 12, Jun, 2021

काभ्रे रेडक्रसको स्थानीय पालिका र उपशाखाहरुलाई स्वास्थ्य सामाग्री सहयोग

  • २०७८ जेष्ठ २६, बुधबार मा प्रकाशित २ दिन अघि
  • ७२ पाठक संख्या
  • नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखाले कोभिड संक्रमण नियन्त्रण तथा व्यबस्थापनमा सहयोग पुर्याउने उदेश्यले काभ्रेका स्थानीयतह, विभिन्न स्वास्थ्य चौकी तथा रेडक्रसका विभिन्न उपशाखाहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

    पालिका, स्वास्थ्य चौकी तथा विभिन्न उपशाखाहरुलाई अक्सीजन कन्सन्ट्रेटर, शव व्यबस्थापन झोला, व्यक्तिगत सुरक्षा सामाग्री, एननाइन्टीफाईव र सर्जिकल मास्क, सुपानेट झुल, पल्स अक्सीमिटर, साबुन, स्यानिटाईजर, ग्लोब्स लगाएतको बिभिन्न स्वास्थ्य सामाग्री र उपकरण वितरण गरेको नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका संयोजक नारायण ढुंगानाले जानकारी दिए ।

    अहिले सम्म सोसाईटीले पाँचखाल नगरपालिका र बनेपा नगरपालिकालाई १/१ थान अक्सीजन कन्सन्ट्रेटर, पाँचखाल, बनेपा, पनौती नगरपालिका तथा महाभारत गाउँपालिकाका बिभिन्न स्वास्थ्य चौकी, क्वारेन्टिन र उपशाखाहरुलाई आवश्यक सामाग्री तथा उपकरण वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका सह–संयोजक विदुर घिमिरेले जानकारी दिए ।

    नेपाल रेडक्रस सोसाइटी काभ्रेले हाल सम्म स्थानीय तहहरुमा २ थान अक्सीजन कन्सन्ट्रेटर, ३० थान शव शव व्यबस्थापनमा प्रयोग हुने झोला ३० थान, व्यक्तिगत सुरक्षा सामाग्री २० थान, मेडिकल मास्क दश हजार थान, सुपानेट झुल एक थान तथा रेडक्रस उपशाखा तथा सहयोग समितिहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री २० थान, मेडिकल मास्क २० हजार थान, एननाईन्टीफाईब मास्क ५ सय थान, सेनिटाईजर ४० लिटर, फेस सिल्ड ३ सय थान, साबुन १५० थान, २० लिटरको बाल्टीन ३० थान वितरण गरिसकिएको नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाका लेखा अधिकृत बद्रिप्रसाद गौतमले जानकारी दिए ।

    नेपाल रेडक्रस सोसाईटीले काभ्रे जिल्ला भरका ८९ वटै स्वास्थ्य चौकि, जिल्लाका रेडक्रसका सबै उपशाखा र सरोकारवाला निकायहरुलाइ आवश्यक स्वास्थ्य सामाग्री तथा उपकरणहरु वितरण गर्ने जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस