२०७८ जेष्ठ २९, शनिबार | Sat, 12, Jun, 2021

नाङ्शालको बेथानचोक र खानीखोलालाई स्वास्थ्य सामाग्री सहयोग

  • २०७८ जेष्ठ २५, मंगलबार मा प्रकाशित ३ दिन अघि
  • ३१ पाठक संख्या
  • नाङ्शाल एसोशियसन नेपालले काभ्रेका दुई पालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । वि वर्ल्ड अनलसको सहयोगमा नाङ्साल एसोशियसन नेपालले बेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

    नाङ्शालका कार्यकारी निर्देशक गुणराज मोक्तानका अनुसार बेथानचोक गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर २ थान, अक्सिजन सिलिण्डर ५ थान तथा खानीखोला गाउँपालिका वडा नं ७ मा स्थापना भएको आइसोलेसनमा १० थान बेड र ५ थान अक्सिजन सिलिण्डर सहयोग गरेको जानकारी दिए ।

    नाङ्शाल एसोशिएसनका अध्यक्ष दिनेश लामाले बेथानचोक गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिना र खानीखोला गाउँपालिका वडा नं ७ का अध्यक्ष क्षेत्र घ्यावालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । अध्यक्ष लामाले पछिल्लो समय गाउँगाउँमा कोरोना फैलिएको भन्दै सहज उपचारका लागि आफूले सकेको सहयोग गरेको बताए ।

    सामाग्री हस्तान्तरण कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक मोक्तान, कार्यक्रम संयोजक राजन पौडेल, नेपाली काँग्रेस बेथानचोकका कोभिड अनुगमन संयोजक गोविन्द अधिकारी एवं रेडियो गौरवका स्टेसन म्यानेजर महेन्द्र थिङ लगायतको उपस्थिति थियो ।

    प्रतिक्रिया दिनुहोस