२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

बागमति टिपर व्यवसायी संघको पालिकाहरुलाई स्वास्थ्य सामग्री

  • २०७८ जेष्ठ २४, सोमबार मा प्रकाशित २ साल अघि
  • १४१२ पाठक संख्या
  • वागमति टिपर व्यवसायी संघ काभ्रेले पालिकाहरुलाई अत्यावश्यक स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ । संघले काभ्रेका स्थानीय पालिकाहरुमा स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

    सोमवार पाँचखाल नगरपालिकामा स्वास्थय सामाग्री हस्तान्तरण भएको छ । संघले कोरोना भाइरस महामारीको रोकथाम एवं नियन्त्रणका लागि मास्क, पिपिई, फेस सिल्ड, सेनिटाइजर, अक्सीमिटर, डिजिटल थर्मोमिटर, साबुन लगायतका सामग्री हस्तान्तरण गरेको हो ।

    संघका सल्लाहकार एवं नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य सुरकृष्ण बैद्य, वागमति टिपर व्यवसायी संघ काभ्रेका अध्यक्ष प्रेम लामा, उपाध्यक्ष ठाकुर गौतम र सचिब नरेन्द्र बादे लगायतको टोलीले पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरे ।

    संघले रोशी गाउँपालिकामा समेत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । रोशीमा संघका सल्लाहकार बैद्य, संघका अध्यक्ष लामा, उपाध्यक्ष ठाकुर गौतम र सचिब नरेन्द्र बादेले रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामा तथा प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहाललाई हस्तान्तरण गरे ।

    त्यस्तै नमोबुद्ध नगरपालिकामा पनि संघका सल्लाहकार बैद्य, संघका अध्यक्ष लामा, उपाध्यक्ष गौतम र नरेन्द्र बादेले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेललाई ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

    त्यस्तै संघका सल्लाहकार एवं नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य बैद्य, वागमति टिपर व्यवसायी संघ काभ्रेका अध्यक्ष लामाले मण्डनदेउपुर नगरपालिकाका गर्भवती महिला तथा सुत्केरी महिलाहरुलाई पोषिलो खानेकुराहरु सहयोग गरेका थिए ।

    संघका सल्लाहकार एवं नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य सुरकृष्ण बैद्यले खानीखोला गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बालाई समेत स्वास्थय सामाग्री हस्तान्तरण गरेका थिए । संघले पनौती नगरपालिकालाई समेत स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

    प्रतिक्रिया दिनुहोस