२०८० मंसिर २२, शुक्रबार | Fri, 08, Dec, 2023

काभ्रे सेवा समाज साउदी अरवद्धारा १२ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग

  • २०७८ जेष्ठ २४, सोमबार मा प्रकाशित २ साल अघि
  • १९५३ पाठक संख्या
  • काभ्रे सेवा समाज, साउदी अरवले कोभिड १९ को महामारी नियन्त्रणका लागि काभ्रेपलाञ्चोक जिल्लाका लागि १२ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ । सोमवार एक कार्यक्रमका विच संक्रमणको जोखिममा अति उपयोगी गुणस्तरीय ५ लिटर क्षमता भएको २१ किलो वजन, ९३ प्रतिशत अक्सिजन आउटपुट प्युरिटी दिने १२ वटा अक्सिजन कन्सट्रेटर जिल्ला संकट ब्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरेको हो ।

    सेवा समाजका कोषाध्यक्ष अजयकुमार त्रिपाठी सदस्य दशरथ हुमागाइँ, रन्जना थपालिया त्रिपाठी लगायतको समुह, काभ्रे सेवा समाजका पुर्व अध्यक्ष प्रल्हाद केसी, बर्तमान महासचिव मधुसुदन गुरागाई, सचिव राघव सिं खड्का, नेपाल जनस्वास्थ्य संघका केन्द्रिय सदस्य रोशन लामा लगायतले प्रमुख जिल्ला अधिकारी एवं संकट ब्यवस्थापन केन्द्रका संयोजक शिवराम पोखरेल, सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवार, संकट ब्यवस्थापन केन्दका सदस्यहरु विष्णु दल गणका गणपति कर्णेल मिलन थापा, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झा, शशस्त्र प्रहरी कार्यालय काभ्रेका एसपी महेश केसी, राष्ट्रिय अनुसन्धान कार्यालय काभ्रेका प्रमुख अरुण कार्की, जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी हरि खतिवडा सहभागि कार्यक्रममा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो ।

    प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले काभ्रे सेवा समाज साउदी अरवले उपलब्ध गराएका सामाग्रीहरुलाई जिल्लाका पालिकाहरुमा रहेका आईसोलेसन सेन्टरहरुमा रहेको जनशक्तिका आधारमा उपलब्ध गराउने जानकारी दिए । काभ्रे सेवा समाज साउदी अरवका अध्यक्ष जेन लामाले विपदमा जहाँ पुगे पनि सँगै रहेको आभाष दिलाउन उक्त रकम संकलन गरी सामान खरिद गरी पठाईएको जानकारी दिए । नेपालमा कोरोना संक्रमणका विरामीहरु बढिरहँदा अक्सिजन अभावका कारण मृत्यु हुने अवस्थामा पुगे पछि विदेशमा रहेका नेपालीहरुले जीवन रक्षाका लागि स्वास्थ्य सामाग्री खरिद गरी सहयोग गरेको काभ्रे सेवा समाज साउदी अरवका महासचिव सुरेशराज त्रिपाठीले जानकारी दिए । प्रति गोटा ७९ हजार रुपैयामा १२ वटाको ९ लाख ४८ हजार रुपैया खर्च भएको सेवा समाजका कोषाध्यक्ष अजयकुमार त्रिपाठीले जानकारी दिए ।

    काभ्रे सेवा समाज साउदी अरवका महासचिव सुरेशराज त्रिपाठीका अनुसार संस्था स्थापना भएपछि विभिन्न कामहरु गरेको बताए । उनका अनुसार काभ्रे सेवा समाज साउदी अरबले साउदीअरबमा पीडित अवस्थामा भेटिएकी काभ्रेपलान्चोक, खनालथोक घर भएकी मन्जु मैनालीलाई काभ्रे सेवा समाज साउदीअरबले सहयोग स्वरुप २० हजार बराबरको हवाईटिकट सहयोग गरेको, पाँचखाल नगरपालिका वडा नं १ निवासी प्राणघातक (एप्लाष्टिक एनिमिया) रक्त रोगबाट ग्रसित रत्नमान लामालाई बोन म्यारो प्रत्यारोपणको लागि २० हजार सहयोग गरेको, दुबईको अस्पतालमा उपचार गराइरहेका तनहुँका देवराज श्रेष्ठको उपचारको लागि काभ्रे सेवा समाज, साउदी अरबले ५६ हजार सहयोग गरेको, जनता बैंकको सहकार्यमा न्युज २४ टेलिभिजनले संचालन गरेको न्युज २४ जनता बैंक विपत्ती राहत कोष को लागि काभ्रे सेवा समाज, साउदी अरबले संकलन गरेको ५५ हजा ५ सय पचपन्न सहयोग गरेको, अन्तर समन्वय समिति साउदी अरबले बाढी पीडितको सहयोगार्थ सुरु गरेको अभियानमा काभ्रे सेवा समाज, साउदी अरबले २० हजार सहयोग गरेको, धुर्मुस सुन्तली फाउण्डेशनद्वारा निर्माण गरिएको एकीकृत नमुना सन्तपुर बस्ती रौतहटका लागि काभ्रे सेवा समाज, साउदी अरबले संकलन गरेको ५५ हजा ५ सय पचपन्न सहयोग, काभ्रे सेवा समाज काभ्रेपलाञ्चोकलाई ३० हजार सहयोग, जनमत वाङमय मासिक पत्रिकालाई ३० हजार सहयोग, करोनाको कारण नेपालमा देखिएको समस्या न्युनिकरण गर्न र नेपालीहरुको जिबन रक्षार्थ गैर आवासिय नेपाली संघ मध्यपुर्व र साउदि अरबले संचालन गरेको सहयोग संकलन अभियानमा काभ्रे सेवा समाज साउदी अरबले १ लाख सहयोग गरेको, काभ्रे सेवा समाज, साउदीअरबको प्रथम वार्षिकोत्सब समारोहमा १० लाखको शैक्षिक बिकास अक्षय कोषको सुरुवात गरेको जानकारी दिए ।

    महासचिव त्रिपाठीका अनुसार त्यहि रकमबाट १२ वटा अक्सिजन कन्सट्रेटर काभ्रे जिल्लाको बिभिन्न नगरपालिका गाउँपालिकाहरुमा पुगोस र कोरोना संक्रमितहरुलाई अक्सिजन दिनमा मद्दत पुगोस भनेर सहयोग गरेका थिए । ‘काभ्रेको बिकास गरौँ सबै मिली, एकजुट हौँ साउदी अरबमा काभ्रेली’ भन्ने मुल नाराका साथ साउदी अरबलाई कर्म भुमी बनाएर साउदी अरबका बिभिन्न क्षेत्रमा छरिएर रहनुभएका सम्पूर्ण काभ्रेलीहरुलाई एक त्रित गर्दै २०७४ बैशाख १ गने संस्थाको स्थापना गरिएको महासचिव त्रिपाठीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस