२०७८ जेष्ठ २९, शनिबार | Sat, 12, Jun, 2021

महाभारतका स्वास्थ्य चौकी र कोभिड अस्पताललाई काँग्रेसको स्वास्थ्य सामाग्री

  • २०७८ जेष्ठ २४, सोमबार मा प्रकाशित ५ दिन अघि
  • १९९ पाठक संख्या
  • काभ्रेको विकट क्षेत्र महाभारत गाउँपालिकाका स्वास्थ्य चौकी, कोभिड अस्पताल, विद्यालय, प्रहरी चौकी तथा कोभिडका विरामीहरुलाई घरघरमा पुगेर नेपाली काँग्रेसले स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

    नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नं १ को प्रदेश सभा १ को अगुवाईमा महाभारत गाउँपालिकामा रहेको ८ वटै वडाका स्वास्थ्य चौकी, कोभिड अस्पताल, विद्यालय, प्रहरी चौकी तथा कोभिड–१९ को संक्रमण समुदायमा पुगी स्वास्थ्य सामाग्री वितरण गरिएको नेपाली काँग्रेस प्रदेश सभापति राम योञ्जनले जानकारी दिए । नेपाली काँग्रेसले विभिन्न सहयोगी निकायबाट संकलन गरेको मास्क, स्यानीटाईजर, पिपिई सेट, औषधिको सेट, पल्स अक्सिमिटर, थर्ममिटर लगायतका सामाग्री वितरण गरेको थियो ।

    हस्तान्तरण कार्यक्रममा गाउँपाकिाका सुचना संयोजक नबीन मोक्तान, नेपाली काँग्रेसका युवा नेताहरु विकाश योन्जन, पवन थिङ, अनिश मोक्तान, बिशान पाख्रीन्(लवाङ) ,बुद्ध लामा र कपुर लामा तथा महाभारत गाँउपालिका सभापति अफिल ध्वोज वाईवा, ८ वटै वडाका वडा सभापतीहरु, वडाध्यक्षहरु, विद्यालय, प्रहरी चौकी, स्थानिय निकायका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरु सहभागि भएका थिए ।

    त्यस्तै विभिन्न दाताहरुलाई समेत काँग्रेसले धन्यवाद दिएको छ । एक–एक पाईलाबाट कोभिड संक्रमितलाई ९ थरीको सेट औषधि एक सय जनालाई सहयोग, राष्ट्रिय आविस्कार केन्द्रको तर्फबाट १० थान पिपिई, तरुण दल बाग्मती उपसंयोजक दावा लामाबाट १० हजार थान सर्जिकल मास्क र १० लिटर स्यानिटाईजर, जापानमा रहेका राजन दुलालबाट ५ हजार थान सर्जिकल मास्क, राज थोकरवाट ३ हजा थान सर्जिकल मास्क, भिमनाथ योञ्जनबाट २ हजार थान मास्क तथा टेक थोकरबाट १० थान पल्स अक्सिमिटिर सहयोग गरेको सभापति राम योञ्जनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस