२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

श्रीमान श्रीमती राजनीतिमा हुनुको फाईदा : शेरबहादुर र अनिल संघ र उषाकला र डिम्पल प्रदेशमा मन्त्री, रघुवीरको घरमा आलोपालो

  • २०७८ जेष्ठ २१, शुक्रबार मा प्रकाशित २ साल अघि
  • १४८७ पाठक संख्या
  • श्रीमान/श्रीमती राजनीतिमा उत्तिकै सक्रिय हुँदाको फाइदाका पक्ष पनि छन् । दुईमध्ये एकजना राजकीय जिम्मेवारीमा पर्ने सम्भावना भइरहन्छ ।

    नेपालमा धेरै राजनीतिक दलका नेता दम्पत्ती सांसद छन् । तर दुवैजना मन्त्री बन्ने संयोग भने कमै मिल्ने गर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गरेको मन्त्रिपरिषद्का दुई सदस्यको परिवारमा भने श्रीमान/श्रीमती नै मन्त्री बन्ने भाग्य जुरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ संघीय सरकारमा दोस्रो पटक मन्त्री बनेर कमब्याक हुँदा सबैभन्दाद बढी बजेट भएको स्वास्थ्य मन्त्राय पाए । तामाङ परिवारमा यसपटक मन्त्रीको योग नै जुरेको रहेछ । केही महिनाअघि मात्र पत्नी उषाकला राई प्रदेश १ को सामाजिक विकास मन्त्री बनेकी थिइन् ।

    त्यस्तै संघीय सरकारमा खानेपानी तथा सरसफाइ मन्त्री बन्ने मौका पाएका जसपाका नेता अनिल झाको परिवारमा पनि दम्पत्ती नै मन्त्री हुने संयोग जुरेको छ । उनकी पत्नी डिम्पलकुमारी झा प्रदेश २ को भौतिक पुर्वाधार राज्यमन्त्री छिन् । श्रीमान/श्रीमती पालो गरेर मन्त्री बन्ने शौभाग्य चाहिँ विरलै मिल्छ, जुन मौका रघुवीर महासेठ र जुलीकुमारी महतोको जीवनमा मिलेको छ । महासेठ ओली नेतृत्वको सरकार गठन हुँदा भौतिक पुर्वाधार मन्त्री थिए । उनी पहिलो पुनर्गठनमा बाहिरिएपछि पत्नी जुली महिला बालबालिका मन्त्री बनेर आइन् । यसपटकको पुनर्गठनमा जुली बाहिरिइन् भने रघुवीर उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बनेर फर्किएका छन् ।

    प्रतिक्रिया दिनुहोस