२०७८ जेष्ठ २९, शनिबार | Sat, 12, Jun, 2021

रत्नकुशले गरे समस्यामा परेकालाई नगद, खाद्यान्न र  औषधि सहयोग

  • २०७८ जेष्ठ १९, बुधबार मा प्रकाशित १ हप्ता अघि
  • ८८ पाठक संख्या
  • समाजसेवी तथा युवा व्यवसायी रत्नकुश रंजितले कोभिड–१९ को प्रभावले समस्यामा परेकाहरुलाई नगद, खाद्यान्न र  औषधि सहयोग गरेका छन् ।

    निश्वार्थ भावनाले सहयोग गर्ने योजना अनुसार आज काम गरेर आजै खाना खानु पर्ने व्यक्तीहरुलाई परिवार अनुसार एक महिनालाई पुग्ने खाद्यान्न, कोठाभाडा तिर्न समस्यामा परेकाहरुलाई कोठाभाडा तिर्न नगद तथा दिर्घरोगी हरुलाई औषधि किन्न नसक्नेहरुका लागि औषधि सहयोग गर्ने उनले जानकारी दिए । बन्दाबन्दीको नियम पालन गर्दै आफ्नै निवासबाट नै सहयोग गर्ने उनको योजना छ ।

    बनेपा आसपासमा दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका हुन । जनागाल, भैंसेपाटी, नयाँबस्ती र अन्य ठाउँमा बसोबास गर्दै आएका श्रमिक, अपाङ्ग तथा जेष्ठ नागरिकहरुलाई दाल, चामल, तेल, नुन, साबुन, चिनी, चिउरा, दालमोठ, मस्यौरा लगायतका सामाग्री सहयोग गरेका हुन् ।

    भैसिपाटीबाट हिडदै आएका एक ५५ वर्षका महिला सुशीला पराजुलीको समस्या सुने पछि आफुले नगद सहयोग गरेको रत्नकुश रंजितले जानकारी दिए । बन्दा बन्दीको नियम पालन गरि दैनिक गुजारा गर्न गाह्रो परेका परिवारहरुको जो कोहि सदस्य आए पनि खाली हात फर्किनु नपर्ने उनले बताए । यो पटक ५ सय जनालाई सेवा दिने उनको योजना छ । कोहि कसैलाई साँच्चिकै सहयोग चाहिएमा उनको फोन नं 9851084532 मा सम्पर्क गर्न सक्नुहुनेछ ।

    कोरोनाको जोखिम हुन नदिन गतवर्ष जारी लकडाउनमा पनि उनले दैनिक ज्यालादारी गरेर खाने परिवारलाई खाद्यान्न सहयोग गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस