२०७८ जेष्ठ २९, शनिबार | Sat, 12, Jun, 2021

विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको निधन

  • २०७८ जेष्ठ १८, मंगलबार मा प्रकाशित १ हप्ता अघि
  • ६१ पाठक संख्या
  • विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको ४४ वर्षको उमेरमा निधन भएको छ ।

    मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको मेडिसिटी अस्पतालले जानकारी दिएको हो । कोरोना संक्रमण पुष्टि भएपछि थापाको स्वास्थ्य अवस्था जटिल बनेपछि राजधानीस्थित मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर भइरहेको थियो ।

    थापा नेपाली राजनीतिमा वैकल्पिक राजनीतिको पक्षमा अनवरत खटिँदै आएका थिए । नेपालमा वैकल्पिक राजनीतिको वकालत गर्ने थापा पेशाले सूचना प्रविधि क्षेत्रका उद्यमी हुन् । उनकै अगुवाईमा अभियानका रुपमा सुरु भएको विकेकशील नेपाली पछि निर्वाचन आयोगमा दर्ता भई निर्वाचनमा सहभागी भएको थियो ।

    सादा जीवन उच्च विचारका पर्याय नेता थापा जनअधिकारका हरेक सवालमा सक्रिय रुपमा अग्रपङ्क्तिमा देखिन्थे । उनी एकमात्र यस्ता नेता हुन् जो पार्टी अध्यक्षमा आफ्नो कार्यकाल सकिएपछि पदमा दोहोरिएनन् । नयाँ पुस्तालाई अगाडि सार्ने भन्दै उनी पार्टीको चुनावमा उठेनन् ।

    प्रतिक्रिया दिनुहोस