२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

अस्पताललाई भेन्टिलेटर र अक्सिजन कन्सन्ट्रेटर  सहयोग

  • २०७८ जेष्ठ १७, सोमबार मा प्रकाशित २ साल अघि
  • ६४६ पाठक संख्या
  • नेपाल पत्रकार महासंघ काभ्रे शाखाको समन्वयमा प्रारम्भ (सामाजिक संस्था) र आनी छोइङ डोल्मा फाउण्डेशनको सहयोग तथा कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको  रोहवरमा जिल्लाका धुलिखेल, शिर मेमोरियल र मेथिनकोट अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

    प्रारम्भ सामाजिक संस्थाकी अध्यक्ष एवं सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्रीका अनुसार धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पताललाई एक/एक वटा भेन्टिलेटर, २/२ वटा अक्सिजन कन्सन्ट्रेटर, २०/२० थान पिपिइ तथा मेथिनकोट अस्पताललाई २ वटा अक्सिजन कन्सन्ट्रेटर, २० थान पिपिइ हस्तान्तरण गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उद्वब केसि, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यान्जु, प्रमुख जिल्ला अधिकारी शिवराज पोखरेल, सिङगापुर रेड्क्रसका नेपाल प्रतिनिधि तथा प्रारम्भ सामाजिक संस्थाका अध्यक्ष कल्पना क्षेत्री, सुप्रसिद्ध गायिका एवं सामाजसेवी आनी छोइङ डोल्मा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना लगायतले धुलिखेल अस्पतालका डा. रमेश श्रेष्ठ र डा. दिपक श्रेष्ठ, शिर मेमोरियल अस्पतालका डा. एन्जिला, डा अरुण गुप्ता र कार्यकारी निर्देशक सुन्दर थापा, मेथिनकोट अस्पतालका अध्यक्ष कृष्ण खनाललाइ स्वास्थ्य सामग्री हस्तान्तरण भएको थियो ।

    कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष इश्वोरी ओझा, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र कुमार झा, कालिजंग गणका गणपति मिलन थापा, जिल्ला प्रहरी कार्यलयका डिएसपी हरि खतिवडा, ससस्त्र प्रहरीका डिएसपी मनोहरी कुइकेल, नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, प्रारम्भ संस्थाका सदस्य सुनैना क्षेत्री र माधव क्षेत्री लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस