२०७८ जेष्ठ २९, शनिबार | Sat, 12, Jun, 2021

काभ्रेका कुन स्थानीय तहलाई कति बजेट ?

  • २०७८ जेष्ठ १६, आईतबार मा प्रकाशित १ हप्ता अघि
  • ४९३ पाठक संख्या
  • सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि काभ्रेका स्थानीय तहहरुले ४ अर्ब ८२ करोड ९७ लाख रुपैया विनियोजन गरेको छ ।

    काभ्रे जिल्लाका १३ वटा स्थानीय तहका लागि आगामी आर्थिक बर्षको लागि ६ वटा नगरपालिका रहेका काभ्रेमा सबैभन्दा बढी बनेपा नगरपालिकाले ५० करोड ६९ लाख तथा गाउँपालिका मध्ये सबैभन्दा बढि रोशी गाउँपालिकाले ४१ करोड ८७ लाख रूपैयाँ बजेट पाएको छ ।

    अनय नगरपालिकाहरुमा धुलिखेल नगरपालिकाले ४७ करोड १२ लाख, पनौती नगरपालिकाले ४५ करोड ७० लाख, पाँचखाल नगरपालिकाले ३८ करोड १८ लाख, र मण्डनदेउपुर नगरपालिकाले ४२ करोड ९९ लाख र नमोबुद्ध नगरपालिकाका लागि ३९ करोड २८ लाख बजेट विनियोजन गरिएको छ ।

    त्यस्तै गाउँपालिकाहरुमा चौरीदेउराली गाउँपालिकाले ३४ करोड ९२ लाख, तेमाल गाउँपालिकाले ३१ करोड १२ लाख, बेथानचोक गाउँपालिकालाई २६ करोड ७० लाख, भुम्लु गाउँपालिकाले २९ करोड ८८ लाख, महाभारत गाउँपालिकाले २८ करोड ३६ लाख, खानीखोला गाउँपालिकाका लागि २६ करोड १६ लाख बजेट विनियोजन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस