२०७८ जेष्ठ २९, शनिबार | Sat, 12, Jun, 2021

काभ्रेमा सक्रिय कोरोना संक्रमितको संख्या २५ सय ९९ पुग्यो

  • २०७८ जेष्ठ १४, शुक्रबार मा प्रकाशित २ हप्ता अघि
  • १२० पाठक संख्या
  • काभ्रेमा सक्रिय कोरोना  संक्रमितको संख्या २५ सय ९९ सय पुगेको छ ।

    आज शुक्रवार थपिएका २ सय १४ सहित काभ्रेमा सक्रिय संक्रमितको संख्या २५ सय ९९ पुगेको हो । सक्रिय संक्रमित मध्ये पनि सबैभन्दा बढि बनेपा नगरपालिकामा ५ सय २१ छन् । त्यस्तै धुलिखेलमा ४ सय ५६, पाँचखालमा ३ सय ५०, पनौतीमा ३ सय २४, मण्डनदेउपुरमा २ सय ९, नमोबुद्धमा १ सय ४८, बेथानचोकमा १ सय २९, भुम्लमा १ सय २७, रोशीमा १ सय २५, तेमालमा ९८, चौरीमा ६१, महाभारतमा १८ तथा खानीखोलामा १६ जना संक्रिय संक्रमित छन् । कन्ट्याक ट्रेसिङका आधारमा स्वाब संकलन गर्ने पालिकामा धेरै सक्रिय संक्रमित देखिएका छन् ।

    संक्रिय संक्रमित मध्ये पनि १ सय २२ जना विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचाररत छन भने बाँकी २४ सय ७७ जना होम आईसोलसनमा छन् ।

    त्यस्तै शुक्रवार सम्ममा काभ्रेका १ सय २१ सहित अन्य जिल्लाका ४९ गरेर १ सय ७० जनाको मृत्यु भइसकेको छ ।

    शुक्रवार २ सय १४ थपिए, १ सय ९७ थपिए

    शुक्रवार काभ्रेका २ सय १४ जना नयाँ संक्रमित थपिएका छन् भने १ सय ९७ जना डिस्चार्ज भएका छन् ।
    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाका अनुसार आज बनेपामा १५ महिला २४ पुरुष, धुलिखेलमा ३४ महिला र ४५ पुरुष, पनातीमा १४ महिला र १४ पुरुष, पाँचखालमा १० महिला र ९ पुरुष, मण्डनदेउपुरमा १८ महिला र १५ पुरुष, रोशीमा १ महिला र १ पुरुष, नमोबुद्धमा ३ पुरुष, बेथानचोकमा २ महिला र ६ पुरुष, चौरीदेउरालीमा १ पुरुष, भुम्लुमा १ पुरुष, तेमालमा १ पुरुष गरी २ सय १४ थपिएको जानकारी दिए ।

    त्यस्तै आज बर्ष ६० का पुरुषको धुलिखेल अस्पताल, मण्डनदेउपुरका ६४ बर्षका पुरुषका विर अस्पताल तथा भक्तपुरका ६३ बर्षका पुरुष सर्लाहिका ५८ बर्षिय पुरुषको धुलिखेल अस्पतालमा मृत्यु भएको छ ।

    प्रतिक्रिया दिनुहोस