२०७८ जेष्ठ २९, शनिबार | Sat, 12, Jun, 2021

नमोबुद्ध ५ का किसानलाई मिनिटेलर वितरण

  • २०७८ जेष्ठ ८, शनिबार मा प्रकाशित २ हप्ता अघि
  • ८२ पाठक संख्या
  • नमोबुद्ध नगरपालिका वडा नं. ५ कानपुरका कृषकलाई मिनिटेलर वितरण गरिएको छ ।

    नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलको उपस्थितिमा शुक्रबार वडा नं. ५ कानपुरका किसानलाई मिनिटेलर वितरण गरिएको हो । खेतीपातीको मौसमलाई मध्यनजर गर्दै नगरपालिकाको ५० प्रतिशत अनुदानमा कृषि कार्यक्रम अन्तर्गत ३२ ओटा मिनिटेलर वितरण गरिएको थियो ।

    मिनिटेलर वितरण गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले कृषकहरुलाई कृषि औजार वितरण गर्ने क्रममा राज्यद्वारा अनुदान स्वरुप दिएको सामाग्री लक्षित वर्गका हातमा पर्नुपर्नेमा जोड दिए ।

    कोरोना महामारीको समयमा पनि स्वास्थ्य मापदण्ड अपनाएर किसानलाई मिनिटेलर वितरण गरिएको नमोबुद्ध ५ का वडाध्यक्ष बुद्ध सिं तामाङले बताएका छन् । अहिले नगरपालिका भित्र निषेधाज्ञा जारी रहेको अवस्थामा पनि किसानले समयमै कृषि यन्त्र पाउन नसके त्यसको अर्थ नहुने भएकाले विषम परिस्थितिमा पनि स्वास्थ्य मापदण्ड पालना गरेर मिनिटेलर वितरण गरिएको तामाङले जानकारी दिए ।

    खेतीपातीकै समयमा कृषि औजार पाएकोमा खुशी व्यक्त गर्दै स्थानीय कृषकहरुले आगामी बर्षहरुमा पनि यसै गरी अन्य कृषि सामग्रीहरु लगायत बिउ बिजनहरुको समेत वितरण गर्न वडा नगरलाई आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस