२०८० चैत्र ६, मंगलबार | Tue, 19, Mar, 2024

लायन्सद्धारा पाँचखाल नगरलाई १० सेट वेड हस्तान्तरण

  • २०७८ बैशाख ३१, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ११६१ पाठक संख्या
  • कोरोना माहामारीका विच पाँचखाल नगरपालिकालाई १० सेट वेड हस्तान्तरण भएको छ ।

    नगरपालिकालाई लायन्स क्लब अफ भक्तपुर स्वीट होमका संस्थापक अध्यक्ष सुदामा कार्की क्षेत्रीबाट आएको लायन्स डिष्ट्रिक ३२५ ए २ नेपालले सञ्चालन गरेको कोभिड व्यवस्थापन समिति मार्फत आईसोलसन बनाउनको लागि चाहिने बेड, मेट्रेक्स, तन्ना व्ल्याङ्केट लगायत १० सिट वेड हस्तान्तरण भएको हो ।

    नेपाली काँग्रेस काभ्रेका सभापति मधु आचार्य, लायन्स क्लबको तर्फवाट चन्द्र ढकाल र कैलाश पलाञ्चोके लगायतले नगरपालिका उपप्रमुख लक्ष्मी दनुवार र स्वास्थ्य शाखा संयोजक उज्वल अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।

    पाँचखाल नगर प्रमुख महेश खरेल, लायन्स क्लबको तर्फवाट विधान जोशी र चन्द्र ढकालको पहलमा नगरपालिकालाई वेड प्राप्त भएको हो ।

    हस्तान्तरण कार्याक्रममा नगरका प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष संजय तामाङ, वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारी तथा नगरका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस