२०८० चैत्र ६, मंगलबार | Tue, 19, Mar, 2024

धुलिखेल ११ लाई स्वास्थ्य सामाग्री हस्तान्तरण

  • २०७८ बैशाख ३१, शुक्रबार मा प्रकाशित २ साल अघि
  • १४०२ पाठक संख्या
  • कोभिड विरामीलाई लक्षित गरेर स्वास्थय सामाग्ररी हस्तान्तरण भएको छ । धुलिखेल ११ मा रहेको स्वास्थ्य चौकी मार्फत कोभिडका विरामीहरुलाई सानो सप्लिमेन्ट्री प्याकेज अन्र्तगत मास्क, सेनिट्राईजर, भिटामिन सि, डी, जीन्क ट्याब लगायतका सामाग्री हस्तान्तरण भएको हो ।

    नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष इश्वरी ओझा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, पत्रकार महासंघका काभ्रेका सदस्य देवराज केसीको उपस्थिितिमा युवा व्यवसायी शुभराज तिमल्सिनाले स्वास्थ्य चौकी मार्फत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए । तिमल्सिनाका अनुसार २० जनालाई पुग्ने गरी स्वास्थ्य सेट उपलब्ध गराइएको जानकारी दिए । हस्तान्तरण कार्यक्रममा स्थानीय युवा रोशन तिमल्सिना र गोबवन्ध धितालका समेत सहभागिता रहेको थियो ।

    धुलिखेल नगरपालिकाको उपचार केन्द्रलाई नै अक्सिजन सहित महत्वपुर्ण स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराउन लागेको पूर्व अध्यक्ष ओझा र पत्रकार महासंघका काभ्रेका अधक्ष्य बद्रीराज तिमल्सिनाले जानकारी दिए । उनीहरुले स्थानीय समस्या र यो महामारीको मिलेर सामना गर्ने प्रतिबद्दता व्यक्त गरे ।

    जाेखिम बढ्दै गएकाले सहयाेगलाई निरन्तरता दिने र दायरा पनि फराकिलाे बनाउदै लैजाने युवा व्यवसायी शुभराज तिमल्सिनाले जानकारि दिए । उनले सकेसम्म सबैजना घरमै बस्न र संक्रमितहरु पुर्णरुपमा आइसोलेट हुनुहुन आग्रह गरे।

    पात्लेखेतमा ३१ महिला र २५ पुरुष गरि ५६ जना संक्रमित छन्। हालसम्म दुइजनाले ज्यान गुमिसकेको धुलिखेल वडा न ११ का वडा अध्यक्ष बिष्णु धितालले जानकरी दिए।

    प्रतिक्रिया दिनुहोस