२०८० चैत्र ६, मंगलबार | Tue, 19, Mar, 2024

कोरोना कहरबीच बृद्धभत्ताको रकम बृद्धहरुलाई

  • २०७८ बैशाख ३१, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ११८३ पाठक संख्या
  • उमेरले ८१ कटेका बृद्धले आफूजस्तै बृद्ध तर समस्यामा परेकारुलाई कोरोना कहरका बीच सहयोग गरेका छन् । जो आफू बृद्ध भत्ता लिन्छन् तर उनले लिएको बृद्धभत्ताको रकम असहाय, एकल र बृद्धाश्रममा बसेका बृद्धहरुको भलाईको लागि खर्चन्छन् ।

    यो कर्मले जो कोही पनि खुशी नहुने कुरै भएन । यस्ता मनकारी ब्यत्तित्व हुन काभ्रे जिल्ला पनौती नगरपालिका ११ का बहादुरसिं राना र उनकी धर्मपत्नी चीनिमाया राना मगर ।

     

    राजधानीमा बैशाख १६ गते निषेद्याज्ञ जारी भएपनि उनले १७ गते १सय ५ जना बृद्धबृद्धाहरुका लागि भोजन गराउनका लागि १२ हजार ५ सय रुपैयाँ बाकेर बहादुर सिं राना , उनकी धर्मपत्नी चीनीमाया राना , छोरा ,छोरी र नातीनीका साथ समाज कल्याण केन्द्र बृद्धाश्रम पशुपति पुगेका थिए । त्यहाँ उनीहरुले ब्यबस्थापनलाई उक्त रकम हस्तान्तर गरेका हुन् ।उनलाई यो अभियानमा कान्छो छोरा बिदुर राना मगरले साथ दिएका छन् ।

    जीवनको उत्तराद्र्धमा बुबा आमाको यो चाहना र अठोटले आफुलाई गौरोवान्बीत बनाएको छ । मलाई वहाँहरुको छोरो हुन पाएकोमा औंधी खुशी लागेको छ । त्यसैले आफुले सकेसम्म बुबा आमाको इच्छा र चाहना पुरा गर्ने सोच बनाएको समेत उनले बताए

    ८१ बर्षिय बृद्ध बहादुर सिं राना सप्ताह , पुजा पाठ गर्ने इच्छा लागेको थियो तर मेरो पंडित मित्रप्रसाद पौडेलले नै यस्तोबिषम परिस्थितीमा असहायहरुलाई सहयोग गर्नुस् उनीहरु खुशी हुन्छन् भनेपछि आफू प्रभाबित भई यो काम गरेको बतउँछन् । हामीले त जे जसो ब्यबहार चलाएका छौं तर आफू जस्तै बृद्धबृद्धाहरु बृद्धाश्रम आएर बस्नु परेकोले वहाँहरुलाई भेटेर मन साट्न यस्तो गरेको बताउँछन् । हुन त यो रकम धेरै होइन तर पनि मेरोपनि सहभागीताले मलाई आत्म सन्तुष्ट बनाएको छ राना भन्छन् ।

    यतिखेर उनका छोरा बिदुर राना आफनै गाउँ बल्थलीमा हुने गरेका सामाजिक र धार्मीक काममा उत्साहका साथ लागी परेका छन् । उनी भन्छन् मलाई यो प्रेरणा मेरा बुबा आमा बाट प्राप्त भएको हो । कोरोनाको यो कहरमा मानिसको जिन्दगी आज हो की भोली बनेको छ ,त्यसैलेमानब सेवामा सहभागी हुनु जस्तो अर्को उत्तम कार्य नभएको बताउँछन् ।

    बहादुर सिं राना भने आगामी दिनमा मानबीय सेवामा लागी पर्ने र जीवन बिताउने अठोट रहेको बताउँछन् । राना यो महामारीमा बृद्धबृद्धाहरुको र बालिबालिकालाई बढी ख्याल गरी दिनु हुन समेत अनुरोध गरेका छन् । योउमेरमा समेत मानबीय सेवामा जुट्ने यी बृद्ध बुबा आमाबाट समाजलाई समेत सन्देश दिएको छ ।

    प्रतिक्रिया दिनुहोस