२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

बनेपा हेल्थ केयरको ‘कोभिड केयर किट’

  • २०७८ बैशाख ३०, बिहिबार मा प्रकाशित २ साल अघि
  • १०५५ पाठक संख्या
  • बनेपा हेल्थ केयरले आनलाइन मार्फत कोभिडका विरामीलाई चिकित्सकीय परामर्श सहित ‘कोभिड केयर किट’ शुरु गरेको छ । ‘कोभिड केयर किट’ संक्रमित बिरामीको लागि चाहिने सम्पुर्ण स्वास्थ्य सामाग्रीको झोला हो ।

    विशेषगरी होम आईसोलेसनमा रहेका विरामीहरु जो घरमा चिकित्सकको समेत सल्लाह लिन नपाउनेहरुलाई ध्यान दिएर बनेपा हेल्थ केयरले यो सेवा सञ्चालन गरेको बनेपा हेल्थ केयरका सञ्चालक जितेन्द्र थापाले जानकारी दिए । ‘कोभिड १९ बाट संक्रमित विरामीहरु घरमा आइसोलेशनमा बसेकाहरुलाई कोभिड केयर किट सहित चिकित्सकीय सेवा दिँदै छौं ।,–थापाले भने ।

    ‘कोभिड केयर किट’ मा पल्स अक्सोमिटर, डिजिटल थर्ममिटर, वाफ लिने मेसिन, माक्स, पन्जा, सेनिटाइजर, सप्लिमेन्ट औंषधि संगै लाईफ सेभिङ्ग औंषधि छ । अन्य औंषधि सेवन गर्नु परेमा बनेपा हेल्थ केयरका चिकित्सक संग अनलाईन माध्यमबाट अनिवार्य डाक्टर परामर्श लिनुपर्ने ब्यवस्था गरेको छ । विरामीहरुले अनलाइन टेलिमेडिसिन, भाइवर, ह्वाट्स एपको माध्यमवाट अनलाईन सेवा पाउनेछन् । हेल्थ केयरले ‘कोभिड केयर किट’ शुलभ शुल्क राखेर प्याकेज बनाएको छ ।

    बनेपा हेल्थ केयरले एक वित्रप्ती जारी गर्दै ‘कोभिड केयर किट’ तथा चिकित्सक संग स्वास्थ्य परामर्श लिनको लागि बनेपा हेल्थ केयरका व्यवस्थापकको मोवाइल नम्वर ९८०३१५४६१९ मा फोन गर्ने ब्यवस्था गरेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस