२०८० चैत्र ६, मंगलबार | Tue, 19, Mar, 2024

काभ्रेमा आज ५६ जनाले कोरोना जिते, १ सय ५६ जना थपिए

  • २०७८ बैशाख ३०, बिहिबार मा प्रकाशित २ साल अघि
  • ५४८ पाठक संख्या
  • काभ्रेमा विहिबार ५६ जानले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाका अनुसार आज १ सय ५६ जना नयाँ संक्रमित थपिएका छन भने २ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

    आज बनेपा नगरपालिकामा २३ जना महिला र २४ जना पुरुष, धुलिखेल नगरपालिकामा २१ जना महिला र १९ जना पुरुष, पनौती नगरपालिकामा ६ जना महिला र ७ जना पुरुष, पाँचखाल नगरपालिकामा १ जना महिला र ७ जना पुरुष, नमोबुद्ध नगरपालिकामा ३ जना महिला र ३ जना पुरुष, मण्डनदेउपुर नगरपालिकामा २ जना महिला र १३ जना पुरुष, चौरीदेउराली गाउँपालिकामा ४ जना पुरुष, तेमाल गाउँपालिकामा १ जना पुरुष र रोशी गाउँपालिकामा १ जना पुरुष र १ महिला, महाभारतमा ५ महिला ८ पुरुष, खानीखोलामा ३ महिला ३ पुरुष, भुम्लुमा १ महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

    त्यस्तै आज २ जानाले कोरोनाको कारण ज्यान गुमाए । धुलिखेलका ५० बर्षिय पुरुषको घरमै तथा रामेछापका ४६ बर्षका पुरुषको शिर मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।

    प्रतिक्रिया दिनुहोस