२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

काभ्रेमा १ सय ४६ जना कोरोना संक्रमित थपिए, ४ को मृत्यु

  • २०७८ बैशाख २९, बुधबार मा प्रकाशित २ साल अघि
  • ८३४ पाठक संख्या
  •  

    काभ्रेमा १ सय ४६ जना कोरोना संक्रमित पुष्टि भएको छ भने ४ को मृत्यु भएको छ । २६ जना संक्रमणमुक्त भएका छन् ।

    आज बनेपा नगरपालिकामा १२ जना महिला र २२ जना पुरुष, धुलिखेल नगरपालिकामा १७ जना महिला र २३ जना पुरुष, पनौती नगरपालिकामा १७ जना महिला र १४ जना पुरुष, पाँचखाल नगरपालिकामा ११ जना महिला र ९ जना पुरुष, नमोबुद्ध नगरपालिकामा ३ जना महिला र ३ जना पुरुष, मण्डनदेउपुर नगरपालिकामा ३ जना महिला र ८ जना पुरुष, चौरीदेउराली गाउँपालिकामा १ जना पुरुष, तेमाल गाउँपालिकामा २ जना पुरुष र रोशी गाउँपालिकामा १ जना पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिए । आज काभ्रेमा २६ जनाले कोरोना जितेका छन् ।

    त्यस्तै पछिल्लो २४ घण्टामा काभ्रेमा ४ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा धनगढी जिल्लाका ८० वर्षीय पुरुष र भक्तपुर जिल्लाका ५४ पुरुष काठमाडौँ जिल्लाका ६० वर्षीय पुरुष र ललितपुर जिल्लाकी ५२ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

    प्रतिक्रिया दिनुहोस