२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

पाँचखाल नगरपालिकाद्धारा अति विपन्न कोरोना संक्रमितलाई आर्थिक सहयोग गर्ने घोषणा

  • २०७८ बैशाख २८, मंगलबार मा प्रकाशित २ साल अघि
  • १०४९ पाठक संख्या
  • काभ्रेको पाँचखाल नगरपालिकाले कोरोनाका संक्रमित अति विपन्न नागरिकलाई १० हजार रुपयाँ अर्थिक सहयोग गर्ने भएको छ ।

    नगर प्रमुख महेश खरेलले कोरोनाबाट संक्रमित अति विपन्न बिरामीको लागि उपचार खर्च १० हजार, मास्क, स्यानिटाईजर, औषधि, ग्लोब्स लगायतका स्वास्थ्य सामाग्री सहयोग गर्ने जानकारी दिए ।

    विपन्न संक्रमितले वडा कार्यालयको सिफारिस र अस्पतालको प्रमाणित कागजको आधारमा रकम उपलब्ध गराउने नगरप्रमुख खरेलले जानकारी दिए ।अति विपन्न नागरिकलाई १० हजार रुपयाँ अर्थिक सहयोग गर्ने घोषणा देशका स्थानीय तहमध्ये पहिलो हो ।

    आज आमाको मुख हेर्ने दिन भएकोले नगरले सञ्चालन गरेको आईसोलेसनमा रहेका तथा होम आईसोलेसनमा रहेका आमा, दिदीबहिनीहरुलाई पोषिलो खानेकुरा खरिदको लागि नगरप्रमुख खरेलले जनही २ हजार, मास्क तथा स्यानिटाईटर वितरण गरेका छन् ।

    उनले विश्व महामारीको रुपमा देखा परेको नयाँ भेरिएन्ट सहितको कारोना भाईरस संक्रमणबाट सुरक्षित रहन, स्वास्थ्य सावधानीका उपायहरु पूर्णरुपमा अपनाउन पनि आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस