२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

सिनागाल जंगलमा स्कोरपियो भित्र बालिका बलात्कार प्रयास

  • २०७८ बैशाख २७, सोमबार मा प्रकाशित २ साल अघि
  • २२५३ पाठक संख्या
  • एक बालिकालाई जबरजस्ती करणी प्रयास गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा चौरीदेउराली गाउँपालिका वडा नम्वर ६ का वर्ष २५ का विराज कार्की छन् ।  निशेधाज्ञाका क्रममा बनेपा बाट पनौती लगिदिने भनेर एक १५ बर्षिय बालिकालाई बनेपाको सिनागाल जंगलमा लगेर बलात्कारको प्रयास गरेको बालिकाले आरोप लगाएकी छिन् । बलत्कार प्रयास गर्ने चालक कार्की र स्कोरपियोलाई इलाका प्रहरी कार्यालय बनेपामा राखिएको छ । बालिका बलात्कार गर्न खोज्ने कार्की र उनले प्रयोग गरेको बा २० च ५४८३ नम्बरको स्कोरपियो स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख राजन कोईरालाले जानकारी दिए ।

    बनेपाबाट पनौती पुर्याईदिन्छु भन्दै बनेपा ११ सिनागालको अपाङ्ग अस्पतालको माथी शारदादेवी सामुदायिक वनमा पुर्याएर चालकले बलात्कारको प्रयास गरेका थिए । स्कोरपियो भित्रै जर्बजस्तिको प्रयास गरेको भन्दै बालिका र बालिकाको आमाले इलाका प्रहरी कार्यालय बनेपामा उजुरी दिएका छन् ।

    जिल्ला प्रहरी प्रमुख एस्पी भुपेन्द्र खत्रीले बालिकालाई बलात्कार प्रयास गर्ने युवक र स्कोरपियोलाई नियन्त्रणमा लिइसकिएको तथा थप अनुसन्धान शुरु भएको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस