२०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024

माधव पक्षले राजीनामा नदिने, संसद बैठकमा अनुपस्थित हुने

  • २०७८ बैशाख २७, सोमबार मा प्रकाशित २ साल अघि
  • ५४८ पाठक संख्या
  • नेकपा एमालेको माधव पक्षको बैठकले प्रतिनिधिसभाको आजको बैठकमा अनुपस्थित हुने निर्णय गरेको छ ।

    नेपाल पक्षका नेताहरुको सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभाको आजको बैठकमा अनुपस्थित रहने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए । ‘हामीले प्रधानमन्त्री ओलीले विश्वासको मत लिन बोलाएको बैठकमा अनुपस्थित रहने निर्णय गरेका छौं’, रावलले भने ।

    सांसदहरूको बैठकमा राजीनामा दिएर पनि केपी ओलीकै सरकार निरन्तर रहने गरी राजनीति अघि बढ्यो भने के गर्ने ? भन्ने प्रश्न समेत उठेको थियो । केही सांसदले राजीनामा दिएर आत्मघाती बाटोमा जानुभन्दा आजको संसद बैठकमा अनुपस्थित रहेर अझै विकल्पहरु बाँकी राख्ने सुझाव दिएको बताइएको छ ।

    पार्टी एकताका पक्षमा आफूहरूले हदैसम्मको लचकता अपनाएपनि प्रधानमन्त्री एवं पार्टी अध्यक्षले बेवास्ता गरेको भन्दै रावलले संविधानविपरीत उभिने प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसकिने बताए ।

    उनले राजीनामाबारे छलफल भएपनि तत्कालका लागि संसद बैठकमा अनुपस्थित भएर विश्वासको मत नदिनु नै पर्याप्त हुने निष्कर्षमा पुगेको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस