२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

काभ्रेमा एक हप्ता निषेधाज्ञा थप

  • २०७८ बैशाख २६, आईतबार मा प्रकाशित २ साल अघि
  • १०२९ पाठक संख्या
  • काभ्रेमा संक्रमण जोखिम सँगै संक्रमित संख्या बढेपछि एक हप्ताका लागि निषेधाज्ञा थपिएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलद्धारा जारी विज्ञप्तीमा संक्रमण जोखिम क्षेत्रमा आगामी जेठ २ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा निषेधाज्ञा थप्ने निर्णय गरेको जानकारी दिइएको छ ।

    संक्रमण जोखिम क्षेत्रलाई आधार बनाएर अरनिको राजमार्गको साँगादेखि बनेपा बजार – धुलिखेल सदरमुकाम – पाँचखाल बजार क्षेत्र हुदैँ दोलालघाट सडकको दायाँ–बायाँ ५०० मिटर, बनेपा तिनदोबाटोदेखि नाला भगवतीसम्मको सडकको दायाँ–बायाँ ५०० मिटर, बनेपा – पनौती – खोपासी सडकको दायाँ–बायाँ ५०० मिटर, वि।पी राजमार्गको धुलिखेल चोकदेखि काभ्रेभञ्ज्याङ्ग – भकुण्डे हुँदै मंगलटारसम्म सडकको दायाँ–बायाँ २०० मिटर सम्मको क्षेत्र र पाँचखाल नगरपालिकाको जिरोकिलोदेखि कुन्तावेशीसम्म सडकको दायाँ–बायाँ २०० मिटर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

    त्यस्तै ग्वार्को–नमोबुद्ध राजमार्गको मानेदोभान–कुशादेवि–सुन्थान–शंखुपाटीचौर–नमोबुद्ध मन्दीर क्षेत्र दाँयाँ–बाँयाँ २०० मिटर ,नगरकोट–कान्ताबेशी सडकको दाँयाँ–बाँयाँ २०० मिटर क्षेत्र, नाला करुणामय मन्दिर देखी भक्तपुर सडकको भञ्ज्याङसम्म दाँयाँ–बाँयाँ २०० मिटर क्षेत्र र पनौती–बाँस्डोल–भैंसेपाटी सडकको दाँयाँ–बाँयाँ २०० मिटर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । उल्लेखित क्षेत्रमा अत्यावश्यक सेवाका सवारी साधन बाहेक अन्य निजि तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाईएको छ ।

    प्रतिक्रिया दिनुहोस