२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

पाँचखाल र भुम्लुको सयुक्त आईसोलेशन

  • २०७८ बैशाख २६, आईतबार मा प्रकाशित २ साल अघि
  • ६७३ पाठक संख्या
  • पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाले सयुक्त रुपमा आइसोेलेशन शुरु गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

    पाँचखाल नगरपालिकाको वडा नं ४ मा रहेको समाजकल्याण प्राविको भवनमा ५० बेडको सयुक्त आईसोलेशन बनाउने विषयमा पाँचखाल नगरप्रमुख महेश खरेल र भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँबरको विचमा १२ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

    समझदारी भए अनुसार पूर्वाधार व्यवस्थापन, स्वास्थ्यकर्मीको व्यवस्थापन, रेखदेख र सरसफाई सयुक्त गर्ने, स्वास्थ्य सामाग्री व्यवस्थापन सयुक्त गर्ने, खाना खाजा खर्च सयुक्त गर्ने, उपकरणहरु सयुक्त खरिद गर्ने आइसोलेसनका लागि आवश्यक जनशक्तिलाई परिचालन गर्दै कोभिड–१९ विरुद्धको अभियानलाई प्रभावकारी बनाउनने भनिएको छ । आइसोलेसन केन्द्रमा रहेका सबै बेडमा अक्सिजनसहितको अत्यावश्यक स्वास्थ्यसामग्रीको व्यवस्थापन गरिएको छ भने चौबिसैघण्टा स्वास्थ्यकर्मीले हेरचाह र निगरानी गर्ने व्यवस्था गरिएको छ ।

    आइसोलेसन केन्द्रमा शसस्त्र प्रहरी बल पाँचखालले सुरक्षा दिइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस