२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

पाँचखालका मेयर-उपमेयरले आफू चढ्ने गाडीलाई बनाए एम्बुलेन्स

  • २०७८ बैशाख २६, आईतबार मा प्रकाशित २ साल अघि
  • १०९० पाठक संख्या
  • पाँचखाल नगरपालिकाका मेयर-उपमेयरले आफू चढ्दै आएको सरकारी गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेका छन् ।

    नगरप्रमुख महेश खरेल र उपप्रमुख लक्ष्मी दनुवारले आफूले प्रयोग गर्दै आइरहेको सरकारी गाडी कोभिड-१९ का बिरामीलाई अस्पताल लैजान एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने भएका हुन् । नगरप्रमुख खरेलले आफ्नो एउटा निजी गाडी समेत कोभिड-१९ का बिरामी बोक्नका लागि दिने भएका छन् ।

    नगरप्रमुख खरेलले आइतबार एक विज्ञप्ति जारी गर्दै नगरभित्र सञ्चालित चार वटा एम्बुलेन्सले मात्रै कोभिड-१९ का बिरामी बोक्न नसक्ने अवस्था देखिएपछि बा १ झ ९१०९, बा १९ प ५६६८ प्रमुख प्रशासकीय प्रमुख शिव हुमेगाइले चढ्ने बा २ झ १४९४ नम्बरको सरकारी गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय भएको बताए ।

     

    प्रतिक्रिया दिनुहोस