२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

काभेमा २२ जनाले जिते कोरोना

  • २०७८ बैशाख २३, बिहिबार मा प्रकाशित २ साल अघि
  • ९६७ पाठक संख्या
  • काभ्रेमा बिहिवार २२ जनाले कोरोना संक्रमणलाई जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले काभ्रेका विभिन्न पालिकाका २२ जनाले कोरोना संक्रमण जितेको जानकारी दिए ।

    त्यस्तै जिल्लामा थप १ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभेका अनुसार थपिनेमा बनेपा नगरपालिकामा २० जना महिला र ४४ जना पुरुष, धुलिखेल नगरपालिकामा १४ जना महिला र १८ जना पुरुष, पनौती नगरपालिकामा ३३ जना महिला र १० जना पुरुष, पाँचखाल नगरपालिकामा ४ जना महिला र ३ जना पुरुष, मण्डनदेउपुर नगरपालिकामा १ जना महिला र ५ जना पुरुष, नमोबुद्ध नगरपालिकामा १ जना महिला र ४ जना पुरुष, चौरीदेउराली गाउँपालिकामा १ जना महिला र १ जना पुरुष र रोशी गाउँपालिकामा २ जना महिला र ४ जना पुरुष गरी १ सय ६५ जना थपिएका छन् ।

    यो सँगै काभ्रेमा कुल कोरोना संक्रमित संख्या ४३ सय ९२ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस