२०७८ जेष्ठ २९, शनिबार | Sat, 12, Jun, 2021

पनौतीमा विहे भोजमा सहभागीलाई कोरोना संक्रमण

  • २०७८ बैशाख १५, बुधबार मा प्रकाशित १ महिना अघि
  • ११३७ पाठक संख्या
  • पनौतीमा विहे भोजमा सहभागीलाई कोरोना संक्रमण भएको छ ।

    विहे भोजमा सहभागी एक जनालाई कोरोना पोजेटिभ देखिएपछि कन्ट्याक ट्रेसिङको आधारमा परीक्षण गर्दा थप १७ जनामा कोरोना संक्रमण भएको हो ।

    जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बुधवार विहान पनौतीमा विहे भोजमा सहभागी १७ र बनेपामा  ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

    विहेमा सहभागी अन्यको पनि कन्ट्याक ट्रेसिङको आधारमा कोरोना परीक्षण गर्ने तयारी भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस