२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

यात्रा भित्रको कथा

  • २०७८ बैशाख ६, सोमबार मा प्रकाशित ३ साल अघि
  • १८८९ पाठक संख्या
  • नयाँ उर्जा बोकेर आएको विहानीले पनि आज मलाई निराश बनाएको छ । धेरै खालको सवाल उठिरहेको छ मनमा सामाजिक संजाल अनि मान्छेको मनसँग आफूले अन पनि नगरेको मोबाईलमा सिमिति रहेको मेरो फेसबुक अरुबाट लग ईन भैरहेको रहेछ । केही बेर लगाएर बनाए अनि मनमनै सोचे कति विकृति छ सामाजिक संजालमा, अनि मान्छे पनि धेरै बेरोजगारी छन् आफ्नो मात्र संजाल चलाएर मात्र पनि पुगेन , गैर कानुनी काम अरुको संजाल अनि ब्यक्तिगत कुरा ह्याक गरेर अध्ययन गर्ने कति ठुलो हिम्मत अनि मुर्खता होला । यो बिक्रितिलाई समयमै रोक्न सकेनौ भने सामाजिक संजालले विकास भन्ने शब्दलाई ओझेल पारेर विनाश शब्दले अवसर पाउने सजिलै अनुमान लाउन सकिन्छ । गोप्यता भन्ने शब्दको पनि हत्या हुने हो कि भन्ने लाग्दैछ यस्तै सोच्दा सोच्दै कार्य क्षेत्र महाभारत तिर लाग्ने समय भएछ ।

    दुरीले टाढै रहेर पनि हर्न लगाएर गाडिले संकेत दियो , मैले हतार हतार झोला तयार पारे । ममि छिटोगर भनेर कराउँदै हुनुहुन्थयो । मैले झोलामा केही जोर कपडा, माईनट, हाजिरी, बैठक संचालनको लागि चाहिने डकुमेन्ट सँगै विजय कुमारको सम्बन्धहरु र अमर न्यौपानेको गुलावी उमेरलाई पनि राखेर प्याक गरेर बोके । गाडिको सयम सदुपयोग गर्न सूचनाको हक सम्बन्धि ऐन, २०६४ मात्र ८ वटा पेपर बेरेर हातमै बोकेर निस्के । गाडीलाई बाबाले हातको संकेत दिएर रोकी दिनुभयो । म एकै छिन अलमल परेँ यात्रु वाहक बस हो कि माल बाहक गाडी छुट्याउनै गार्हो हुने गरी आएको रहेछ । सहचालक भाईले छिटो छिर्नुन भनि चर्को आवाजको साथ बोरा समाउदै उक्लिए। सिट लगभग सवै प्याक थियो। हेर्दा सानी देखिने म ठूलो ब्याग बोकेको हातको पेपरले समाउन अप्ठेरो भइरहेको सकि नसकि बोरा माथि बसेको देखेर पछाडि सिटमा बसेको दाईलाई दया लागेछ क्यार सान्त्वना भाव पछाडि आउनुस बहिनि मिलेर बसौ भन्नुभयो । त्यो शब्दले पनि राहत महशुस गरायो मलाई र गाडी रोक्न अनुरोध गरी ६ जना भएको सिट हामी ७ जना मिलेर बस्ने निधो गर्यौ । मेरो दुवै मोबाईलमा पालै पालो घण्टी बजिरहेको थियो । सबैभन्दा पहिला त्यसको जवाफ दिन जरुरी लाग्यो। दाजु भाई भन्दा निकै माथि जस्तै प्रेमी तर शारीरीक भोग नभएको उसको सन्देशले दुबै मोबाईल भरिईसकेको रहेछ । केही सुझाव सन्देश अनि सुवेक्षाले ढाकेको रहेछ । उसलाई मिठो झुट बोले उसलाई यात्रा कठिन छ भनेर दुःखी बनाउन मन लागेन र यात्रा निकै सहज छ भनिदिए र पुगेर फोन गर्ने प्रतिबद्धताका साथ अफलाईन भए । साईडमा बस्नुहुने दाईको मेरो हातमा भएको पेपर प्रतिको आकर्षण निकै बढेको रहेछ, मेरो काखमा भएको ठुलो झोलाले मलाई असहजक भएको महसुस गर्नुभएछ क्यारे फेरी दाईले सान्त्वना शब्द छोड्नुभयो बहिनिको झोला माथि राख्नुभयो भने सहज हुन्छ नि । मैले ठिकै छु मा टारीदिए । कच्चि बाटो उकालो र ओरालो त्यसमाथि क्षमता भन्दा भढी भार बोकेर गुडिरहेको गाडिमा उभिएर झोला राख्ने हिम्मत जुटेन म मा सायद यो मेरो महशुस साईडको दिदिले बुझिन् , फुट्नि चिज नभए बोरा माथि राख्नुस बहिनि । यो शब्द भने निकै शान्दर्भिक लाग्यो, आखिर मेरो झोलामा फुट्ने चिज पनि केही छैन । त्यसैले झोलालाई दिदिको आग्रह अनुसार नै राखेँ केही सहज पनि भयो ।

    मैले हातमा भएको पेपर पल्टाएर अध्ययन गर्न सुरु गरेँ । अब भने त्यो दाईको ध्यान म तिर छ की छैन थाहा भएन , मैले पुरै एक पाना पढि सके र पाना पल्टाएर परिच्छेद–२ सूचनाको हक र सूचना प्रवाह सम्बन्धि ब्यबस्था ३ः सूचनाको हक हुने (१) प्रत्येक नेपाली नागरीकलाई यस ऐनको अधिनमा रही सुचनाको हक हुनेछ । यो शब्द पढ्दै गर्दा उहाँले मलाई ‘यो शब्द प्रयोग आएको जस्तो लाग्छ बहिनि तपाई लाई’ म झसङ्ग भए उहाँ त म सँग नै पढ्दै हुनुहुँदो रहेछ केही बेर टोलाएछु प्रश्न सँगको ध्यानलाई लिएर अनि तत्काल नै जवाफ दिए यो शब्द प्रयोगमा ल्याउन हामी सबैको बराबर भुमिका रहने छ दाई हामीले हाम्रो अधिकार कानुनको अधीनमा रहेर माग गर्यौभने यो शब्दको प्रयोग मात्र हैन यो शब्दले उचाई पाउनेछ । मेरो उत्तर उहाँलाई कस्तो लाग्यो त थाहा भएन तर तत्काल प्रश्न गर्नुभयो ूतपाई कानुनको विद्यार्थि हो ? मैले हैन मात्र भने उहाँ झस्के जसरी प्रश्न गर्नु भयो अनि किन त परिक्षा विना पनि पढ्नु हुँदो रहेछ । उहाँको प्रश्नले नेपालको शिक्षाको अबस्था छर्लङ्ग भयो । परिक्षा टार्गेट पढाई, मैले हैन भन्ने शब्दको प्रयोगबाट उत्तर सुरु गरे । यो त हामी सबैको कानुन हो हामीले अध्ययन गरेनौं भने हाम्रो अधिकार र कर्तब्य कसरी थाहा हुन्छ त? सँगै म कानुन सम्बन्धी काम गर्छु भनेर थप्न भ्याए । उहाँले चासो ब्यक्त गर्दै ए महाभारतमा हो भन्नु भयो । गाडिको अन्तिम गन्तब्य नै महाभारत थियो यो ठम्याउन उहाँलाई गार्हो भएन । एति भने पछि उहाँले अब तपाईलाई मैले मिस भन्छु है अघि बहिनि भने कर्मचारी हुनुहुँदो रहेछ । मैले हैन दाई बहिनि नै भन्दा नि फरक पर्दैन भने । उहाँलाई म सँगको कुरामा अझै धेरै कौतुहलता जागे जसरी प्रश्न थप्नु भयो यो चोटी मलाई उत्तर दिनि मौका नदिई धेरै वटा प्रश्न गर्नुभयो । के बाट हो ? के के गर्नु हुन्छ ? अनि खास उद्देश्य चाई ? मलाई उत्तर कताबाट शुरु गरौ गरौ भयो र परिचय बाटै सुरु गर्ने निधो गरे ।

    द एसिया फाउण्डेशनको आर्थिक सहयोगमा सामुदायिक सारथिले सञ्चालन गरेको स्थानीय जवाफदेहीता तथा पारदर्शीता पहल परियोजना भन्दा भन्दै उहाँले काम त परियोजना नामै बाट प्रष्ट रहेछ त भन्नु भयो । हजुर मात्र उत्तर दिए मैले । उहाँको उत्सुकता धेरै बढ्यो, उहाँले प्रश्न दोहोर्याउनु भयो ‘स्थानीय सरकार जवाफदेही हुन पर्छ दाई स्थानीय सरकारलाई जवाफदेही बनाउन स्थानीयको भूमिका पनि महत्वपुर्ण हुन्छ । पहिला हामीले जिम्मेवारी पुरा गरेर निर्धक्क सँग अधिकार माग्न सक्छौं, आफ्नो पालिकाको सावजनिक सेवा अनुगमन कार्यमा संलग्न हुने, योजना तर्जुमा प्रकृयामा सहभागी जनाउने, तपाईलाई जान्न मन लागेको कुरा निवेदन मार्फत सुचना अधीकारीबाट सूचना लिने सूचनाको हक त हामी सबैको साझा अधिकार हो नि दाई, हामी सचेत नागरीकले यति गर्यौ भने स्थानीय सरकार जवाफदेही र पारदर्शि दुवै हुन्छ दाई । यि शब्दले उहाँलाई छोए जस्तो लाग्यो र उहाँले स्मरण गर्दै भन्नु भयो त्यो पारिको बाटो चाई स्थानीयहरु पनि गएर अनुगमन गरेको रे । यो शब्दले भने मलाई उत्साह थप्यो । यो अनुगमन हाम्रै परियोजना अन्तर्गत भएको हो, दाई स्थानीयले अनुगमन गरेपछि केही उपलब्धि भयो त भनेर सोध्न मन लाग्यो र सोधेँ उत्तरमा उहाँले मेरो श्रीमतीले भनेको बाटो अनुगमन हामीले गरेको, प्राविधिकले केही सल्लाह दिएर अझै राम्रो बन्छ भन्दै थिईन् भनेर उत्तर दिनु भयो । यति भनि रहँदा हाम्रो यात्रा सकिई सकेको थियो । उपलब्धिमुलक यात्राको लागि दाईले पनि धन्यबाद दिनु भयो मैले नि खुसी व्यक्त गरेँ ।

    प्रतिक्रिया दिनुहोस