२०७८ जेष्ठ २९, शनिबार | Sat, 12, Jun, 2021

नमोबुद्ध नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड जनक माविलाई

  • २०७८ बैशाख ५, आईतबार मा प्रकाशित १ महिना अघि
  • १७९ पाठक संख्या
  •  

    नमोबुद्ध नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड जनक मावि भकुण्डेबेशीले जितेको छ । १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सबैभन्दा बढी पदक सहित जनक माविले लगातार दोस्रोपटक रनिङ शिल्ड जितेको हो ।

    प्रतियोगितामा जनक माविले १७ स्वर्ण, ८ रजत र ४ कास्य गरी कुल २९ वटा पदक जित्यो । यस्तै दोस्रो भएको श्रीकृष्ण मावि दाप्चाले ५ स्वर्ण, ५ रजत र २ कास्य गरी १२ पदक जित्दा तेस्रो बनेको बाल उज्ज्वल माविले ३ स्वर्ण, ६ रजत र ८ कास्य गरी १७ वटा पदक जितेको छ ।

    प्रतियोगिताका विजयी टिम तथा खेलाडीलाई नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव जनार्दन रिजाल, वडा नं. ४ का वडाअध्यक्ष उद्धवप्रसाद काफ्ले, नेपाली सेनाको २६ नंवर बाहिनीका सेनानी दलवहादुर रावल, लगायतले शिल्ड तथा मेडल प्रदान गरेका थिए ।

    प्रतियोगितामा नमोबुद्ध नगरपालिकाभित्र रहेका १५ वटा माध्यामिक विद्यालयमध्ये ११ सामूदायिक र २ वटा संस्थागत गरी १३ वटा विद्यालयका कुल ४ सय ८० जना विद्यार्थीले सहभागिता जनाएका थिए । शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा एथलेटिक्स, ज्याभलिन थ्रो, सटपुट, कबड्डी, भलिबल, लङजम्प, हायजम्प लगायतका खेलका १५ वटा इभेन्टमा छात्र र छात्रातर्फका खेल खेलाइएको थियो ।

    प्रतियोगिताको समापन कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, शिक्षा शाखा प्रमुख जनार्दन रिजाल, वडाअध्यक्ष उद्धवप्रसाद काफ्ले, श्रीकृष्ण माविका प्रधानाध्यापक ज्ञानवहादुर भुजेल, प्रतियोगिता संयोजन समितिका सदस्यसचिव प्रदिप पोखरेल लगायतले खेल क्षेत्रबारे चर्चा गरका थिए ।

    प्रतिक्रिया दिनुहोस