२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

शुक्रबारदेखि नमोबुद्धमा राष्ट्रपति रनिङ शिल्ड सुरु

  • २०७८ बैशाख ३, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ९४९ पाठक संख्या
  • नमोबुद्ध नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।

    नमोबुद्ध नगरपालिकाको आयोजना र जनक माध्यामिक विद्यालयको संयोजनमा सुरु भएको प्रतियोगिताको एक कार्यक्रमका बीच नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन कार्यक्रममा नगर प्रमुख तिमल्सिनाले अनुशासनका लागि खेलकुद अति महत्वपूर्ण रहेको बताए । कार्यक्रममा नमोबुद्ध नगरपालिका उप्रमुख रामदेवी तामाङले स्वास्थ्यका लागि खेलकुद महत्वपूर्ण रहेको भन्दै अनुशासित भएर शान्तिपूर्ण रुपमा प्रतियोगितामा भाग लिन विद्यार्थीहरुलाई आग्रह गरिन् । यस्तै नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले थोरै बजेटलाई पनि पूर्ण सदुपयोग गर्दै खेलकुदका गतिविधि सञ्चालन गर्दै गइरहेको बताए । कार्यक्रममा नमोबुद्ध नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव जनार्दन रिजालले व्यवसायिकरुपमा खेल क्षेत्रमा लाग्न विद्यार्थीहलाई आग्रह गरे । प्रतियोगिताका सदस्यसचिव प्रदिप पोखरेलले खेल क्षेत्रका लागि बजेट कम भएको गुनासो गरे ।

    प्रतियोगितामा नमोबुद्ध नगरपालिकाभित्र रहेका १५ वटा माध्यामिक विद्यालयमध्ये १३ वटा विद्यालयका कुल ४ सय ८० जना विद्यार्थीले सहभागिता जनाएका छन् । आइतबारसम्म प्रतियोगितामा एथलेटिक्स, ज्याभलिनथ्रो, सटपुट, कबड्डी, भलिबल, लङजम्प, हायजम्प लगायतका खेलका १५ वटा इभेन्टमा खेल खेलाइने जनक माविका शिक्षक हरिहर अधिकारीले जानकारी दिएका छन् । प्रतियोगिताका विजयी हुने खेलाडीले जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउनेछन् । प्रतियोगिताको उद्घाटन कार्यक्रममा नमोबुद्ध ४ का वडा अध्यक्ष उद्धवप्रसाद काफ्ले, नगरपालिकका विभिन्न विद्यालयका प्रधानाध्यापक लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस