२०७८ बैशाख ३१, शुक्रबार | Fri, 14, May, 2021

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छानिए काभ्रेका ५४ विद्यालय (लिष्टसहित)

  • २०७८ बैशाख २, बिहिबार मा प्रकाशित ४ हप्ता अघि
  • ७७५ पाठक संख्या
  • शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि काभ्रेका ५४ विद्यालय छनौट गरेको छ । काभ्रेका ५४ सहित मन्त्रालयले देशभरका ७ हजार २७८ सामुदायिक विद्यालय छनौट गरेको छ ।

    काभ्रेमा सबैभन्दा बढि बनेपा नगरपालिकाका ११ वटा विद्यालय छानिए भने सबैभन्दा कम पनौती नगरपालिका र महाभारत गाउँपालिकामा १/१ विद्यालय छानिए । खानिखोला गाउँपालिकाका भने एउटा पनि विद्यालय छनौट भएन । मन्त्रालयले बनेपा नगरपालिकाको ११ वटा, धुलिखेल नगरपालिकामा ९ वटा, पाँचखाल नगरपालिकामा ६ वटा, मण्डनदेउपुर नगरपालिकामा ५ वटा, नमोबुद्ध नगरपालिकामा ३ वटा, पनौती नगरपालिकामा १ वटा, चौरी देउराली गाउँपालिकामा ३ वटा, तेमाल, बेथान र रोशीमा ४/४ वटा, भुम्लु गाउँपालिकामा ३ र महाभारत गाउँपालिकामा १ वटा विद्यालय छनौट भए ।

    छनौट भएका विद्यालयहरुमा धुलिखेल नगरपालिकाका सञ्जीवनी मावि, कालीदेवी मावि, बालज्योति मावि, सरस्वती मावि, पूर्ण सञ्जीवनी मावि, हनुमान मावि, सेतीदेवी मावि, शंखेश्वर मावि र श्रीखण्डपुर मावि गरी ९ वटा विद्यालय छनौट भए । त्यस्तै पाँचखाल नगरपालिकामा भगवती मावि, भक्रमदेवी मावि, जनता मावि, पलाञ्चोक मावि, राम मावि र बालप्रतिभा आधारभूत मावि गरी ६ वटा, नमोबुद्ध नगरपालिकाको श्रीराम मावि, कृष्ण मावि र कान्पुर मावि गरी ३ वटा, पनौती नगरपालिकामा भालेश्वर मावि छनौट भए ।

    त्यस्तै बनेपा नगरपालिकामा चैतन्य मावि, चण्डेश्वरी मावि, शिक्षासदन मावि, श्वेतबराह मावि, हिमालय मावि, आजाद मावि, महेन्द्र मावि, सरस्वती प्रावि, आदर्श वाल विकास केन्द्र, काभ्रे बहिरा विद्यालय र पोर्टेज विशेष विद्यालय गरी ११ वटा, मण्डनदेपुर नगरपालिकामा महाकाली मावि, विन्ध्यवासिनी मावि, पञ्चकन्या आधारभूत विद्यालय, बाग्देवी मावि र चण्डेनी मावि गरी ५ वटा, कात्तिकेदेउराली गाउँपालिकामा प्रभा मावि, सरस्वती मावि, बुद्धहिमालय मावि गरी ३ वटा, तेमाल गाउँपालिकामा जनचेतना मावि, नारायणस्थान मावि, भूमे मावि, जनज्योति मावि गरी ४ वटा, बेथानचोक गाउँपालिकामा भिमेश्वर मावि, आत्मविकास मावि, सरस्वती मावि र पार्वती मावि गरी ४ वटा, भुम्लु गाउँपालिकामा बनदेवी मावि, अरुणेदय मावि र प्रकाश मावि गरी ३ वटा, रोशी गाउँपालिकामा गणेशमावि, हरिसिद्धि मावि, पञ्चकन्या मावि र अमरनाथ मावि गरी ४ वटा तथा महाभारत गाउँपालिकामा १ वटा मात्र गोकुले माविमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालन भएका छ ।

    छनौट भएका विद्यालय र कार्यक्रमहरु सबै स्थानीय तह र विद्यालयले कार्यन्वयन गर्नुपर्नेछ । सो कार्यक्रममा छनौट भएका विद्यालय र कार्यक्रमका लागि संघीय सरकारले चाँडै सम्बन्धित स्थानीय तहमा निकास गर्ने शिक्षा विभागले जनाएको छ ।

    छनौट भएका विद्यालयहरुमा कक्षाकोठा निर्माण,खानेपानीसहितको शौचालय,कम्प्युटर ल्याब,पुस्तकालय तथा विज्ञान प्रयोगशाला,सिकाई तथा विभिन्न प्राविधिक विषयहरु समेटिएका छन् ।

    प्रतिक्रिया दिनुहोस