२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

मध्यपुरमा मोटरसाईकल दुर्घटना : धुलिखेलका महेश शाह ठकुरीको मृत्यु

  • २०७८ बैशाख २, बिहिबार मा प्रकाशित २ साल अघि
  • १५६६ पाठक संख्या
  • अरनिको राजमार्ग अन्तर्गत मध्यपुरको एसएस चोक नजिक मोटरसाइकल दुर्घटना हुँदा धुलिखेलका महेश शाह ठकुरीको मृत्यु भएको छ । घटनामा अर्का एकजना गम्भीर घाईते भएका छन् ।

    मध्यपुर थिमि नगरपालिका वडा ४ एसएस चोक नजिक अरनिको राजमार्गमा भक्तपुरबाट काठमाडौँ जाँदै गरेको बा ५३ प ६९३८ नं को मोटरसाईकल आफै अनियन्त्रित भई सडकको बाँया तर्फको रेलिङमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा मोटरसाइकल चालक महेन्द्र शाह ठकुरी र पछाडि बसेका महेश शाह ठकुरी गरी दुवै जना गमभीर घाइते भएर उपचारका लागि प्रहरीले मध्यपुर अस्पताल थिमिमा लगेको थियो । पछाडी बस्ने वर्ष ३२ का महेश शाहलाई चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

    मोटर साईकल चालक धुलिखेल नगरपालिका वडा नं. १० बस्ने वर्ष २२ को महेन्द्र शाह ठकुरीको मध्यपुर अस्पताल थिमिमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस