२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

सामुदायिक साकोसको ११ औं सेवा केन्द्र धुलिखेलमा

  • २०७८ बैशाख २, बिहिबार मा प्रकाशित ३ साल अघि
  • १२२० पाठक संख्या
  • काभ्रेको पनौती ४ मा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले धुलिखेलमा सेवाकेन्द्र शुभारम्भ गरेको छ ।

    काभ्रे र काठमाडौ उपत्यकाका तिन जिल्ला(काठमाडौ, भक्तपुर र ललितपुर) गरि चार जिल्ला कार्यक्षेत्र रहेको र २९ हजार शेयर सदस्य आवद्ध रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को ११ औ सेवाकेन्द्र जिल्ला सदरमुकाम धुलिखेलमा शुरु भएको हो । सेवा केन्द्रको धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक कुमार ब्यञ्जुले शुभारम्भ गरे ।

    संस्थाका अध्यक्ष प्रकाश बन्जाराको अध्यक्षतामा सम्पन्न कार्यक्रमममा धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक कुमार ब्यञ्जु, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिव जिवसराज खड्का, जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्मा, काभ्रेपलाञ्चोक जिल्ला बचत संघका अध्यक्ष रामहरी के.सी., नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, काभ्रे बारका अध्यक्ष देव सिं मोक्तान, धुलिखेल नगरपालिका वडा नं. ३ का वडाध्यक्ष बिनोद पराजुलि, संस्थाका उपाध्यक्ष कुमार प्रसाद लामिछाने, संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेत लगायतले सहकारी बारे मन्तब्य राखेका थिए ।

    मुख्य कार्यालय पनौती ४, टौखालमा रहेको सामुदायिक सहकारीले २०५१ सालदेखि निरन्तर सहकारीका मूल्य, मान्यता र सिद्धान्तहरुलाई आत्मसाथ गर्दै समुदायको आर्थिक, सामाजिक र साँस्कृतिक जीवनस्तर परिवर्तनका लागि सुरक्षित, दिगो र भरपर्दो सहकारीवित्तीय सेवा उपलब्ध गराउँदै आईरहेको छ । सन् २०१२ देखि अन्र्तराष्ट्रिय स्तरको एक्सेस ब्राण्ड प्राप्त गरेको उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत हुँदै आएको यस संस्थाले स्थानीय स्तरमा नै सहज र सरल रुपमा सदस्य सेवा प्रदान गर्ने लक्ष्यका साथ सेवाकेन्द्रहरु विस्तार गर्दै आईरहेको छ ।

    संस्थाका सचिव मुकुन्द शर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका तर्फवाट संचालक सदस्यहरु जमुना सापकोटा, मुकुन्द प्रसाद अर्याल, कृष्ण थापा र लेखा सुपरिवेक्षण समिति सदस्य मिना श्रेष्ठ, विभागिय प्रमुखहरु, सेवाकेन्द्र प्रमुखहरु लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस