२०७८ बैशाख ३१, शुक्रबार | Fri, 14, May, 2021

तिमल्सिना समाजको बधाई र विदाई

  • २०७८ बैशाख २, बिहिबार मा प्रकाशित ४ हप्ता अघि
  • ८४ पाठक संख्या
  • तिमल्सिना समाज काभ्रे र विन्धबासिनी तिमल्सिना प्रतिष्ठानले पत्रकार महासंघ काभ्रेमा निर्वाचित तिमल्सिना बन्धुलाई स्वागत, बधाई तथा सम्मान गरेको छ ।

    बनेपाको पञ्चकन्या बेन्कुटमा आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेको अध्यक्ष निर्वाचित भएकोमा बद्रिराज तिमल्सिना, कोषाध्यक्षमा निर्वाचित केदारनाथ तिमल्सिना, सदस्यमा निर्वाचित मोहनकृण तिमल्सिना र बद्रि तिमल्सिना, प्रदेश परिषद्मा निर्वाचित लक्ष्मण तिमल्सिनालाई बधाई तथा सम्मान गरको थियो । त्यस्तै पत्रकार महासंघ काभ्रेको निवर्तमान अध्यक्ष भएका मोतिराम तिमल्सिना तथा ईलाका प्रहरी कार्यालय बनेपाबाट सरुवा हुनु भएका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनालाई विदाई गरिएको थियो ।

    कार्यक्रममा तिमल्सिना समाजका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, बेथान्चोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, शिक्षक संघ बागमती प्रदेशका अध्यक्ष नारायण तिमल्सिना, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिना, तिमल्सिना समाजका उपाध्यक्ष बद्रि तिमल्सिना, रामप्रसाद तिमल्सिना लगायतले मन्तब्य राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस